Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

बक्सिङ : तीन नेपाली महिला बक्सर फाइनलमा, पुरुषमा तीन काँस्य पक्का

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन् ।

योसंगै कुल चार नेपाली महिला बक्सरले स्वर्णका लागि भिडन्त तय गरेका छन् । ललितपुरको सातदोबाटोमा शनिवार भएको खेलमा नेपाली महिला खेलाडीहरु ललिता महर्जन, मिनु गुरुङ र संगीता सुनार फाइनलमा प्रवेश गरेका हुन् भने ६४ केजीका पूनम रावल यसअघि नै बाइ पाएर फाइनल पुगिसकेका छन् ।

महिला ४८ केजी तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउदै फाइनलमा स्थान सुरक्षित गरिन् । त्यस्तै महिला ५४ केजी तौल समूहको खेलमा मिनुले पनि बंगलादेशकी ओनिता ईस्लामलाई अंककै आधारमा पराजित गरिन् । यसैगरी ६० केजी तौल समूहको खेलमा संगीताले पनि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउदंै भारतकी परबिनसँग स्वर्णका लागि भेट पक्का गरिन् । परबिन भने बाई पाएर सोझै फाईनल प्रवेश गरेकी हुन् ।

पुरुष ४९ केजी तौल समूहको खेलमा भने नेपालका सुशील थापामगर भारतका बिनोद तनवरसँग अंकको आधारमा पराजित भयो । हारसँगै सुशील काँस्य पदकमा सिमित बने । यसैगरी ५६ केजी तौल समूहमा पनि नेपालका पूरन राई पराजित हुदै काँस्यमा सिमित बन्यो । यसअघि बाइ पाएर सोझै सेमिफाइनल पुगेका उनी बंगलादेशका मोहमद रोबिन मियासंग स्पिलिट डिसिजनको आधारमा पराजित भए । यस्तै ६४ केजी तौलको सेमिफाइनलमा नेपालका भूपेन्द« थापामगरले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउंदै फाइनलमा प्रवेश गरेका छन् । पुरुष ९१ केजीको भिडन्तमा भने नेपालका अर्जुन सिगु भारतका गौरव चौहानसंग पराजित हुदै काँस्यमा सिमित भए ।

शनिवारै भएको अन्य खेलमा भारतकी कलाइभानी श्रीनिवासनले भूटानकी ल्हामो टान्डिनलाई हराउंदै फाइनलमा नेपालकी ललितासँग भिडन्त पक्का गरिन् । त्यस्तै महिला ५४ केजीमा भारतकी शिक्षाले श्रीलंकाकी सजीवनी मुथुथन्थ्री पटाबेन्डीगेलाई हराइन् । त्यस्तै पुरुष ४९ केजीमा भूटानका टासी वाङ्दीले बंगलादेशका मोहमद सोजिब होसेनलाई हराउंंदै फाइनलमा भारतका बिनोद तनवरसंग भेट पक्का गरेका छन् । पुरुष ५६ केजीको खेलमा भारतका सचिन फाइनलमा प्रवेश गरेका छन् । उनले पाकिस्तानमा नकिबुल्लाहलाई अंकको आधारमा हराए । यसैगरी ६४ केजीमा भारतका मनिष कौशिकले पनि श्रीलंकाका डिनिडु डु पोन्नविला भिदानालागे दनलाई पराजित गर्दै फाइनलमा नेपालका भूपेन्द« थापामगरसंग स्वर्णका लागि भिडन्त तय गरे । यसैगरी ७५ केजीको फाइनलका लागि भारतका अंकित खताना र श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दनले भिडन्त पक्का गरेका छन् ।

दोस्रो दिनको खेलपछि फाइनल पुग्ने नेपाली खेलाडीहरु :

महिला तर्फः

ललिता महर्जन (४८ केजी), मिनु गुरुङ (५४ केजी ), संगीता सुनार (६० केजी), पूनम रावल (६४ केजी)

पुरुष तर्फः

आशिष दुवाडी (९१ केजी भन्दा माथि), भूपेन्द« थापामगर (६४ केजी)

काँस्य पक्का हुने खेलाडीहरु :

सुशील थापामगर, पूरन राई, अर्जुन सिगु

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending