Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

भव्य दरबार हाइस्कुल भवन तर कक्षा काेठा खाली

काठमाडौं । विज्ञान प्रयोगशाला र अतिरिक्त क्रियाकलापका लागि पर्याप्त स्थान, उज्याला र चम्किला कक्षाकोठा साथमा आधुनिक बास्केट बल कोर्ट, पुस्तकालय र चमेना गृह।

आजको न्नपुर्ण पोष्ट दैनिकमा खबर छ राणा शासनको सुरुमै १६६ वर्षअघि खुलेको दरबार हाइस्कुलको अहिलेको भौतिक अवस्था हो यो। नेपालमा आधुनिक शिक्षाको सूत्रपात गर्ने यो स्कुलमा त्यतिबेला राजपरिवार र राणाका सन्तान मात्र प्रवेश पाउँथे। बिस्तारै जनताका छोराछोरीले पनि पढ्न पाए।

२०२४ सालमा भानु माविमा परिवर्तन भएको यो स्कुलको राणाकालीन भवन २०७२ सालको भूकम्पले भत्कायो। अहिले विद्यालयको भवन भव्य बनेको छ। दरबार हाइस्कुलको सुविधायुक्त वातावरणमा पढ्न र पढाउन पाउने भएपछि विद्यार्थी र शिक्षक खुसी छन्। तर, विद्यार्थी कसरी जम्मा गर्ने भन्ने समस्या छ।

भवनमा भानु र संस्कृत माविका विद्यार्थी पढ्छन्। दुवै विद्यालयमा मुस्किलले तीन सय ५० विद्यार्थी छन्। थोरै मात्र नियमित स्कुल आउँछन्। पढाइमा देखिएको बेवास्ता र फितलो व्यवस्थापनका कारण विद्यार्थी घट्ने क्रम बढ्दो छ। भवनमा साना ठूला ४६ वटा कोठा छन्। हरेक कोठामा ४५ जनासम्म विद्यार्थी अट्ने क्षमता छ।

‘अहिलेकै अवस्थामा दुवै विद्यालयका विद्यार्थी राख्ने हो भने पनि भवनभित्रै हराउने अवस्था छ’, एक साताअघि मात्र संस्कृत माविबाट सेवा निवृत्त पूर्वप्रधानाध्यापक बद्री दाहालले भने, ‘नयाँ योजना नबनाउने हो भने विद्यार्थी अभाव देखिन्छ। तर सबै सक्रिय भएर लाग्ने हो भने विद्यार्थी खोज्न कठिन छैन।’

पुरानो रूपको तर भित्री भागमा पूरै नयाँ युगको निर्माण सामग्री प्रयोग गरिएको छ। भवन ८० करोड रुपैयाँ लागतमा चीन सरकारले बनाइदिएको हो। विद्यार्थी अभाव हुने भएपछि नयाँ भवनको व्यवस्थापन कसरी गर्ने भन्नेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पनि अलमल्लमा छ। ‘रानीपोखरी वरपरका अन्य सामुदायिक विद्यालयलाई यही स्कुलमा गाभेर पढाउँदा राम्रो हुन्छ’, शिक्षाकै एक अधिकारीले भने, ‘यसको विरासत कायमै राख्न उपत्यकामा विज्ञान विषयको मात्र पढाइ हुने विद्यालयका रूपमा विकास गर्न पनि सकिन्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending