सुदूरपश्चिम । शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ ।
हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले गएरातिदेखि यहाँका जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको हो ।
त्यस्तै यहाँका पहाडी जिल्लामा गएरातिदेखि टेलिफोन सेवा, टेलिकमद्वारा वितरित एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्णरूपमा अबरुद्ध भएको छ ।
ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिकरूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।
हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग शुक्रबार दिउँसो ३ बजेदेखि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग सञ्चालन नहुँदा यात्रुलाई निकै सास्ती भएको छ । बन्द भएको राजमार्ग खुलाउन डोटीको बुडरबाट डोजर पठाइए पनि लगातारको हिमपातका कारण खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले बताए ।
उनले भने, ‘लगातार हिमपात भइरहेको छ, राजमार्ग खोल्न स्थानीयवासी, प्रहरी तथा सडक डिभिजन कार्यालयका कर्मचारी र डोजर लागिपरे पनि खुलाउन सकिएको छैन ।’ हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रु अहिले उक्त राजमार्गको हगुल्टे भन्ने ठाउँमा अलपत्र परेका छन् ।
हिमपातसँगै चिसो बढेकाले यात्रुलाई खान, बस्नका लागि निकै कठिन भएको हिमपातमा फसेका डोटीका कृष्णराज जोशीले बताए । उनले भने, ‘लगातार हिउँ परिरहेको छ, राजमार्ग खुलेको छैन, चिसोले सताएको छ, खानेबस्ने व्यवस्था नहुँदा झन् समस्या भएको छ ।’
अहिले उक्त राजमार्गमा कम्तीमा पनि दुई फिट जति हिउँ परेको सो राजमार्गमा पर्ने घण्टेश्वर प्रहरी चौकीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवनसमेत प्रभावित बनेको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ भने दिपायललगायतका ठाउँमा वर्षासमेत भइहेको छ । हिमपातसँगै भएको वर्षात्का कारण चिसो बढेपछि स्थानीयवासी घर बाहिर निस्किन सकिरहेका छैनन् ।
उता सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा पनि भारी हिमपात भएको छ । हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले बताए ।
सदरमुकाम सिलगढी आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । हिउँ परेका डाँडामा हिउँ खेल्न जाने तथा रमाइलो गर्न जानेहरूको भीड लागेको छ । हिमपातसँगै बढेको चिसोले निमोनियालगायतका अन्य रोगको सङ्क्रमण बढ्ने भएकाले त्यसतर्फ सजग रहन तथा तातो र झोलिलो खानेकुरा खान शैलेश्वरी अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सबैमा सल्लाह दिएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: