Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

रिचार्जकार्ड कोर्दा नम्बर मेटिएर समस्यामा पर्नुभएको छ ? अब यसरी गर्नुस् समाधान

काठमाडौं । कहिलेकाँही रिचार्ज कार्ड कोर्दै गर्दा रिचार्जको नम्बर नै कोरिने गर्दछ । तत्कालै रिचार्ज गर्नुपर्ने अवस्थामा त्यसरी रिचार्ज कोरिएपछि धेरैलाई समस्या पनि पर्दछ । तर, अब त्यसको समस्याबाट छुटकारा मिल्ने गरि टेलिकमले नयाँ व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकमले रिचार्ज नम्बर कोरिएको खण्डमा पनि बाँकी रहेका नम्बरबाट रिचार्ज गर्न मिल्ने व्यवस्था ल्याएको छ । टेलिकमले जनाएअनुसार त्यस्तो अवस्थामा रिचार्ज नम्बरका कम्तिमा ६ वटा नम्बर भने प्रष्ट हुनुपर्नेछ ।

टेलिकमले जनाएअनुसार टेलिकमको वेभसाईटको माध्यमबाट व्यक्तिले घरमै बसेर कोरिएको रिचार्ज कार्डका ६ वटा नम्बर प्रयोग गरि रिचार्ज गर्न सक्नेछन् ।

कसरी गर्ने ६ वटा नम्बरबाट रिचार्ज ?

नेपाल टेलिकमले जनाएअनुसार कोरिएको रिचार्जकार्डबाट रिचार्जको लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरी गर्न सकिनेछ । त्यसको लागि ग्राहकले कम्पनीको वेभसाइट http://pinrecovery.ntc.net.np/ मा लगअन गर्नुपर्छ । रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक भने प्रष्ट बुझिने हुनुपर्छ ।

यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘*’ चिन्ह राख्नुपर्छ । जस्तो कि पिन नम्बरको फम्र्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७८**१२**५* संरचना बमोजिम राख्नुपर्छ ।

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिनेछ । १० पटकभन्दा बढी पटक गलत तरिकाले रिचार्ज गरिए वेबसाइटबाट रिचार्ज नुहेन पनि कम्पनीले जनाएको छ । यदि त्यस्तो भएका ग्राहकले टेलिकमको काउन्टरबाट सेव लिन सक्नेछन् ।

टेलिकमले केहि समयमा नै एसएमएसमार्फत समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था ल्याउन लागेको जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies