काठमाडौं । भारतीय चर्चित अभिनेता एंव टेलिभिजन प्रस्तोता सुशान्त सिंह चर्चित टेलिभिजन शो ‘सावधान इण्डिया’बाट निकालिएका छन् । सामाजिक सञ्जाल ट्विटमार्फत सुशान्तले आफुँ टेलिभिजन शोबाट निकालिएको जनाएका हुन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारले हालै जारी गरेको नागरिकता विधेयकको विरोधमा उत्रिएका सुशान्त सिंहलाई टेलिभिजनले निकालेको हो । स्टार भारत च्यानलबाट प्रशारित हुने उक्त शो सुशांतले सन् २०११ देखि होस्ट गर्दै आईरहेका थिए ।
केहि दिनअघि मात्रै सुशान्त नागरिकता विधेयकको विरोधमा भएको आन्दोलनमा सहभागि भएका थिए । उनले सामाजिक सञ्जालमार्फत नागरिकता विधेयकको विरोधमा भएको आन्दोलनमा सरकारले गरेको दमनप्रति निन्दा व्यक्त गरेका थिए ।
सुशान्तले सामाजिक सञ्जाल ट्विटमार्फत शुभचिन्तकको प्रश्नको जवाफ दिँदै आफुँ शोबाट निकालिनु ठूलो कुरा नभएको बताएका छन् । एक शुभचिन्तक व्यत्तिकाे ट्विटको जवाफमा उनले लेखेका छन्, ‘यो सामान्य सजायँ हो साथी । भगत सिंह, सुखदेव र राजगुरुलाई जवाफ कसरी दिने ?’
भारतीय सञ्चार माध्यमका अनुसार नागरिकता विधेयकको विरोध नगर्नका लागि सरकारले चर्चित फिल्मकर्मीहरु र चर्चित सामाजिक हस्तीहरुलाई चेतावनीपूर्ण रुपमै आग्रह गरेको थियो । सरकारको विरोध चर्किन सक्ने भन्दै कलाकारलाई नागरिकता विधेयकको विषयमा नबोल्न आग्रह गरिएकाे थियो ।
तर, केहि कलाकारहरुले सरकारको शैलीको कडा विरोध जनाएका छन् । साेनम कपुर, ऋचा चड्ढा, तापसी पन्नू, अभिनव सिन्हालगायतका केहि हस्तीहरुले सरकारी शैलीको कडा विरोध गरेका छन् ।
गत आइतबार जामिया मिलिया इस्लामियामा नागरिकता संशोधन कानून (सीएए)को विरोधमा भएको प्रदर्शनमा दिल्ली पुलिसले विद्यार्थीमाथि अत्यन्तै अमानविय व्यवहार गरेको थियो । दिल्ली पुलिसको बल प्रयोगबाट दर्जनौं विद्यार्थी गम्भिर घाइते भएका थिए । जसको भारतभर निकै विरोध भईरहेको छ । केहि चर्चित हस्तिहरुले सरकारको रवैयाप्रति निन्दा व्यक्त गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: