Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

वैदेशिक रोजगार क्षेत्र निरन्तर सुधारको प्रक्रियामा

काठमाडौ । विगतमा चरम बेथिति भएको क्षेत्रका रुपमा चर्चा हुने वैदेशिक रोजगार पछिल्ला दिनमा भने निरन्तर सुधारको प्रक्रियामा देखिएको छ । अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको कार्य सञ्चालन प्रभावकारिता’सम्बन्धी छलफलमा सहभागी सरोकारवालाले सकारात्मक सुधारलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण कामलाई अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको बताए । “आजदेखि हामीले मलेशिया, बहराइनलगायत मुलुकबाट माग प्रमाणीकरणलाई अनलाइन बनाउँदैछौँ”, उनले भने, “अब वैदेशिक रोजगारीमा जान चाहने युवा पासपोर्ट बोकेर ‘एजेन्ट’ खोज्दै म्यानपावर धाउनु नपर्ने व्यवस्था गर्दैछौँ ।”

कामदार छनोट प्रणालीलाई पारदर्शी बनाउन नयाँ प्रणालीको थालनी गरिएको र वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीलाई कामदारमैत्री बनाइने उनको भनाइ छ । वैदेशिक रोजगारसँग सम्बन्धित एक हजार ७६१ संस्था उक्त सूचना प्रणालीमा आबद्ध भएका छन् ।

विभागबाट प्रदान हुने सेवालाई पछिल्लो समय अनलाइनमा आधारित बनाउँदै लगिएको छ । विभागले श्रम स्वीकृतिको स्टिकर अनलाइनबाटै जारी हुने, अनलाइनबाटै टोकन लिन सकिने व्यवस्था गरिसकेको छ ।

यस्तै बीमा तथा कल्याणकारी शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्ने तयारी भइरहेको छ । वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीको फरफारकलाई विभागले तीव्र दिएको उल्लेख गर्दै उनले पीडितलाई न्यायको अनुभूति दिलाउन नसकेसम्म आफूहरुको दायित्व पूरा नहुने बताए ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नवीन कामको थालनी गरिएको बताए। सीप र पूँजीसहित वैदेशिक रोजगारीबाट फर्केका युवाको पुनः एकीकरणको काम अगाडि बढेको उहाँको भनाइ छ ।

बोर्डकै अग्रसरतामा सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियत कर्जा दिने प्रक्रिया अगाडि बढाएको छ । विदेशबाट फर्केका झण्डै १८ हजार युवाले सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिएका थिए । आवेदन दिएका युवालाई कर्जा दिने प्रक्रिया अगाडि बढिरहेको छ ।

विदेशमा सीप आर्जन गरेर फर्केका युवाको निःशुल्क सीप परीक्षण गरी सीपसहित वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया अगाडि बढेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । बोर्डले चालु आवमा करिब १५ हजार युवालाई विभिन्न १९ वटा विषयमा निःशुल्क तालीम दिने तयारी गरेको छ । “तालीमका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का आङ्गिक क्याम्पस छनोट गरिएको छ”, उनले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले विगतको तुलनामा विभाग र बोर्डको कामकारबाहीमा सहजता आएको बताए । सबै व्यवसायी ‘ठग’ हुन् भन्ने मान्यताबाट माथि उठ्न आग्रह गर्दै उनले पछिल्लो समय व्यवसायी पनि सचेत हुन थालेका छन् भने।

श्रम आप्रवासनका क्षेत्रमा लामो समयदेखि अनुसन्धानमा लागेका रामेश्वर नेपालले अहिले पनि वैदेशिक रोजगार क्षेत्र सुध्रियो भनेर ढुक्क हुने अवस्था नभएको बताए । सरकारले वैदेशिक रोजगारीमा जानका लागि देशगत रुपमा सेवा शुल्क तोकेको भए पनि अझै पनि कामदार ठगीमा पर्दै आएको उनको भनाइ छ ।

उनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मानवअधिकार र श्रम अधिकारको अवधारणाबारे जानकारी नहुँदा सरकारी अधिकारीबाटै कामदारमैत्री व्यवहार हुन नसकेको टिप्पणी गरे । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रुद्र खड्काले पछिल्ला समय वैदेशिक रोजगार क्षेत्रमा केही सुधार देखिएको भए पनि विभाग र बोर्डको भूमिका अझै प्रभावकारी बन्न नसकेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy