काठमाडाैं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ । राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा। युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए ।
बिहान ११ बजे धुम्बाराहीमा सुरु भएको स्थायी समिति बैठकमा १० जना नेताहरू एक घण्टा ढिलो हुल बाँधेर प्रवेश गरेपछि अध्यक्ष प्रचण्डले जिज्ञासा राखेका थिए । ‘यहाँ पार्टीको बैठक चलिरहेको छ, तपाईंहरू कहाँ हराउनुभएको थियो ?’, प्रचण्डको प्रश्न उधृत गर्दै स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘तपाईंहरू किन जानुभएको थियो ? के कुरा भयो, बैठकलाई जानकारी गराउनुस् । हामी विधि र प्रक्रियाका कुरा गर्छौं तर तपाईंहरू अध्यक्षलाई जानकारी नै नगराई बैठकमा ढिला आउनुहुन्छ ।’
प्रचण्डको जिज्ञासापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वनिर्धारित भेटघाटका लागि आफूहरू राष्ट्रपतिकहाँ गएको जवाफ दिएका थिए । ‘आजै अकस्मात् हामी राष्ट्रपतिकहाँ गएको होइन । यो पहिल्यै तय भएको कार्यक्रम थियो, बैठक ११ बजे हुने भएपछि हामी ९ बजे पुगेका थियौं । खाना खाएर आउन लागेकाले ढिला भयो’, प्रदीप ज्ञवालीको भनाइ उधृत गर्दै एक नेताले भने ।
ज्ञवालीको भनाइको लगत्तै भीम रावल, रघुजी पन्तलगायत नेताहरूले पार्टी बैठकको बीचैमा राष्ट्रपतिकहाँ जानु आपत्तिजनक भएको भन्दै प्रतिवाद गरेका थिए । ‘पार्टीको मिटिङ चलिरहँदा तपाईंहरू राष्ट्रपतिकहाँ जान मिल्छ ? यो आपत्तिजनक विषय हो,’ रावलले भनेका थिए, ‘राष्ट्रपतिकहाँ तपाईंहरूको के बैठक थियो ?’
बैठकमा अरु नेताहरूले पनि आपत्ति जनाउँदै हो–हल्ला गरेको र भनाभन भएको नेता वेदुराम भुसालले जनाए । रावललाई जवाफ दिँदै ज्ञवालीले भनेका थिए, ‘राष्ट्रपतिकहाँ हामी जानै नहुने ? राष्ट्रपतिजस्तो सम्मानित संस्थाबारे प्रश्न उठाउन मिल्छ ? राष्ट्रपतिसँग भेटलाई पार्टीमा छलफलको विषय बनाउन मिल्छ ?’
रावलले राष्ट्रपतिले राजनीति गर्न खोजेको हो भने भन्नुपर्यो भन्दै ज्ञवालीलाई तुरुन्तै जवाफ फर्काए, ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, प्रश्न उठाउनै नपाइने किन ?’ नेकपा स्थायी समितिमा भनाभन र हो–हल्लाको स्थिति आएपछि अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर विषयान्तर गरेका थिए ।
प्रचण्डले यसअघि पार्टीका दुई अध्यक्षले राष्ट्रपतिलाई भेट्दा पनि सार्वजनिक रुपमा आलोचना भएको प्रसंग स्मरण गर्दै नेताहरूलाई विधि र प्रक्रिया ख्याल गर्न आग्रह गरेका थिए । ‘हिजो हामी जाँदा पनि आलोचना भयो, त्यसमा पनि कहीँ न कहीँ कमजोरी हुन गयो भन्ने मलाई महसुस भएको छ, हामीले यसमा ख्याल गर्नुपर्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘यो विषयलाई अब धेरै नलम्ब्याऊँ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: