Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बघौडा अस्पताल २५ श्ययामा स्तरोन्नति गरिने

चितवन । माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो ।

माडी नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ श्ययाको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आलोक कुमारले बताए ।

वि.सं. २०३४ मा स्वास्थ्य चौकीका रुपमा स्थापना भई आफ्नो सेवा शुरु गरेको अस्पताललाई २०५४ सालमा प्राथामिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरिएको थियोे ।

२०७० साल साउनमा मन्त्रिपरिषद्को निर्णयद्वारा स्वास्थ्य केन्द्रबाट १५ श्ययाको अस्पतालका रुपमा विकास गरिएको हो । माडी नगरपालिकाले तीन वर्षको अन्तरालमा बघौडा अस्पतालमा चार करोड ५० लाख बजेट विनियोजन गरेको माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए ।

भिडियो एक्स–रे लगायतका औजार र दक्ष जनशक्तिको व्यवस्थापनमा दैनिक ३०० जना स्वास्थ्य परीक्षणका लागि आउने वातावरण तयार पारिएको उनले जानकारी दिए ।

पछिल्लो समय एमबीबीएस अध्ययन गरेका चिकित्सकद्वारा उपचार हुने भएपछि बिरामीको रोजाइ यही अस्पताल बन्ने गरेको छ । बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अहिले नगरपालिकाले छुट्टै ओपीडी ब्लक निर्माण गरेको छ भने कुर्ने ठाउँसमेत बनाएको छ ।

अस्पतालमा अहिले पाँच एमबीबीएस चिकित्सक, एक एमडीजीपी विशेषज्ञ चिकित्सक, एक डेन्टल सर्जनसहित सात चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी टेकमणि महतोले जानकारी दिनुभयो ।

‘भरतपुरमा प्रदान गरिने प्रकारकै सेवा यही उपलब्ध छन्’, महतोले भने, ‘ठूलो सङ्ख्याको जनशक्तिले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । भौतिक अभाव र प्राविधिक अपूर्णता यहाँको सेवामा चुनौती नै छ ।’ माडी नगरपालिकाले यसै आर्थिक वर्षमा ३० लाख लागतमा भवन निर्माण गर्ने निर्णय गरेको महतोले बताए ।

उनको अनुसार सर्पदंशका बिरामीको उपचारका लागि प्रदेश सरकारले एन्टी स्नेक भेनम राख्न अस्पताललाई स्वीकृति प्रदान गरिसकेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा माडीमा रक्तसञ्चार केन्द्र स्थापनाको तयारी गरिएको महतोले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy