Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

द्धिपक्षीय आर्थिक सुदृढिकरणको सम्बन्धमा भारत र इरानबीच वार्ता

एजेन्सी । भारत र इरानका विदेशमन्त्रीबीच आइतबार द्धिपक्षीय वार्ता भएको छ । उनीहरुबीच आइतबार इरानको राजधानी तेहरानमा सो वार्ता भएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय विदेशमन्त्री शुब्रमन्यम जयशंकर हाल इरानको भ्रमणमा रहेका छन् । उनले आइतबार अपराह्न राजधानी तेहरानमा विदेशमन्त्री मोहमद जावेद जारिफबीच सो भेटवार्ता भएको बताएको छ ।

आइतबार उहाँहरुबीचको भेटवार्ता खासगरी दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढिकरणका क्षेत्रमा भेटवार्ता भएको विदेशमन्त्री जारिफले बताएका छन् ।

इरानी विदेशमन्त्री जारिफले आफ्नो ट्वीटर अकाउन्टमा जनाएअनुसार सो भेटवार्ताका क्रममा इरान र भारतबीचको आर्थिक सम्बन्धमा सृदृढिकरणका साथै आगामी दिनमा आर्थिक क्षेत्रका सम्भावनाहरु खोज्ने विषयमा छलफल भएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी भूभागमा रहेको चाबहार बन्दरगाहलाई खुला गरिदिएको घोषणा गरेको एक दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको इरान भ्रमण भएको छ ।

उक्त बन्दरगाह अफगानिस्तानमा द्धन्द्धको मारमा परेका मानिसका लागि मानवीय सहायता आपूर्ति गर्ने एक महत्वपूर्ण मार्गका रुपमा लिइन्छ ।

उक्त बन्दरगाहाको भारत, इरान र अफगानिस्तानले संयुक्त रुपमा विकास गरेका यसअघिका समाचारहरुमा जनाइएको छ ।

यसैबीच हालैमात्र इरानी राष्ट्रपति रउहानीले जापानको भ्रमण गरेको दुई दिनपछि भारतीय विदेशमन्त्रीको इरान भ्रमण भएको अर्को एक समाचारमा जनाइएको छ ।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला भएको इरानी राष्ट्रपतिको भ्रमण भएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिका र इरानबीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले इरानको भ्रमण गर्नुभएको र त्यसपछि हालैमात्र इरानी राष्ट्रपतिको यो भ्रमण भएको ती सञ्चारले जनाएका हुन् ।

इरानी राष्ट्रपतिको यो भ्रमण हालै कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम गर्ने क्रममा भएको अनुमान गरिएको छ । दुई वर्षयता दुई पटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ । ती वार्तामा उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमति बमोजिम काम हुन नसकेको अमेरिकाको भनाई छ ।

उता आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको थियो । उनीहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy