Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

थामियो नेप्से, आज पुनः ओरालो

काठमाडौं । सोमबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले घटेर २५४.२१ मा पुगेको छ । नेप्से आरोलो लागेपनि कारोबार रकम भने वृद्धि भएको छ । कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर रु ७२ करोड १६ लाख ४२ हजार ९६५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सात उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ०.८४, व्यापार १.५८, वित्त ०.०१, अन्य ०.३८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।

यस्तै होटल ३५.०१, विकास बैंक ९, निर्जीवन बीमा ५९.५५, उत्पादन १०.१९, जीवन बीमा ४०.३४ विन्दुले घटेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ३३ लाख १२ हजार १३२ मूल्यमा खरीद बिक्री भए ।

यस्तै, नागरिक लगानी कोष रु आठ करोड ८२ लाख ७४ हजार ४५१, नेपाल बैंक लिमिटेड रु सात करोड ६२ लाख ३८ हजार ३७७, बुटवल पावर कम्पनी रु दुई करोड ८४ लाख ७० हजार १३६, हिमालयन डिस्टिलरी रु दुई करोड ५२ लाख ९५ हजार ४६७ र साल्ट टे्डिङ कर्पोरेशनको रु एक करोड ८७ लाख २८ हजार ५८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोबारका आधारमा सपोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए । कञ्चन डेभलपमेन्ट बैंक ९.५७, पाँचथर पावर ९.४३, छ्याङ्दी हाइड्रोपावर ९.४१, जोशी हाइड्रोपावर ८.३३ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७२ विन्दुले कमाए । त्यस्तै, आँखु खोला जलविद्युत् कम्पनी ७.०१, रिडी हाइड्रोपावर ५.४०, गुराँस लघुवित्त वित्तीय संस्था ४.९०, सप्तकोशी डेभलपमेन्ट बैंक ४.६५, सिर्जना फाइनान्स ४.१६ र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले ४.१३ गुमाए । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: