Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नेविसंघ विवादले कांग्रेस बैठक अन्यौलमा, देउवा र पौडेलको बेग्ला–बेग्लै बैठक बस्दै

काठमाडौं । नेपाल विद्यार्थी संघको भागवण्डामा कुरा नमिल्दा नेपाली कांग्रेसभित्रको विवाद झनै बढ्दै गएको छ । पार्टीभित्रको विवादका कारण शुक्रबार बोलाईएको केन्द्रीय समिति बैठक पनि अन्यौलमा परेको छ ।

नेपाल विद्यार्थी संघको तदर्थ समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ४६ प्रतिशत हकदाबी गरेपछि विवाद चर्किएको हो । पार्टी संस्थापन पक्षले पौडेल पक्षलाई ३५ प्रतिशत र सिटौला पक्षलाई १५ प्रतिशत दिन सकिने प्रस्ताव राखेको थियो । नेविसंघको ११ औं महाधिवेशनमा पौडेल समहुबाट ४६ प्रतिशत पदाधिकारी चयन भएको उक्त समुहको दाबी रहँदै आएको छ ।

यसअघि विवाद अन्त्यका लागि संस्थापनबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमान सिंह, दिलेन्द्र बडु र हृदयराम थानीबीच बिहिबार साँझ बैठक बसेको थियो । नेता सिंह निवास चाक्सीबारीमा बसेको बैठकले निष्कर्ष निकाल्न भने सकेन् । शुक्रबार पुनः नयाँ सहमतिय सीमा खोज्न पार्टी महामन्त्री डा. शशांक कोइरालाको निवासमा पौडेल पक्षीय बैठक बसेको थियो । तर बैठकले निकास लिन नसकेको पौडेल समुहका एक नेताले जानकारी दिएका छन् ।

पार्टी महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेण्डामा पनि सहमति टुंगीन नसकेको बताइएको छ । सहमतिका लागि एक सातादेखि वैठक स्थगित गरिएको भएपनि दुई पक्षबीच गतिलो छलफल नहुँदा निष्कर्षमा नपुगेको हो ।

गत मंसिर २६ मा बसेको केन्द्रीय समिति बैठकमा प्रस्तावित एजेण्डामा सहमति नहुँदा प्याकेजमै सहमति खोजिनुपर्ने भन्दै पौडेल पक्षले बैठक बहिस्कार गर्दै आएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy