Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कानूनलाई नै ‘अन्डरमाइन्ड’ गर्ने ढंगले आएकोले एमसीसी स्वीकार्नु हुँदैन

एमसीसीबारे विरोध वा समर्थन गर्ने भन्ने कुरा महत्वपूर्ण होइन । पैसाको पछि लाग्ने कि सिद्धान्तको पछि लाग्ने भन्ने कुरा हो । सम्झौता भनेको एउटा कागजको खोस्टो हो । यद्यपी एमसीसी परियोजनामार्फत ५५ अर्ब रुपयाँ आउँछ भनिएको छ । यसमा पैसा ठुलो भयो तर सिद्धान्त सकियो । यदि तपाईलाई कसैले हिमाल–पहाडकी राता–राता गाला भएकी मंगोलीयन सुन्दरी युवती १० जनामात्र गल्फ कन्ट्रिमा पठाइदेउ, त्यसबापत म पचास अर्ब दिन्छु भन्यो भने त्यसको पछि लाग्ने कि नलाग्ने ? एमसीसी पनि ठ्याक्कै यहि हो । किनभने एमसीसी सम्झौतामा भएका शर्तहरु र नेपालको कानून बाझिएको हकमा सम्झौताको शर्त लागु हुनेछ भनिएको छ । एउटा सार्वभौम देशको संसदले बनाएको कानून ठुलो हुन्छ कि दुई जना सचिव लेवलका मान्छे बसेर बनाएको सम्झौता ठुलो हुन्छ ? अहिलेको यसको प्रावधान त्यहि हो । यसलाई सच्याउनको लागि संसदमा गएर ल्याउनु पर्छ भन्छ । त्यो भनेको के ? हाम्रो समाजमा छोइछिटो हाल्ने चलन छ नि । उत्पीडित जातिसँग मुक्ति पाउनको लागि छिटो हाल्ने चलन थियो । अहिले एमसीसी कम्प्याक्टलाई संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेको पनि त्यहि छिटो हाल्न खोजेको हो । सिद्धान्तलाई दायाँ–बायाँ गरेर गइन्छ भने त्यो ठिक भएन । भोलि ‘रेक्टर ट्रयान्जिट’को विषयलाई भारतले संसदबाट पास गर्नुपर्छ भन्यो भने मान्ने कि नमान्ने ? अमेरिकन एक जना सहायक मन्त्री आएर तपाईहरु एमसीसीमा जानुपर्छ भन्यो । अर्को दक्षिण एशिया हेर्ने एकजना अमेरिकी मन्त्रीले इन्डोप्यासेफिक रणनीति ‘पार्क एण्ड पार्सल अफ एशियन स्ट्राटिजी’ हो भनेका छन् । त्यसकारण इन्डोप्यासेफिक रणनीति स्पष्ट भाषामा अमेरिकीहरुले चीनको बिआरआइ रणनीतिलाई चेक गर्न ल्याइएको योजना भनिएको छ । एमसीसी पनि हामीले नबुझेको जस्तो गरे पनि वास्तबमा त्यहि हो । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आएको बेला बजेटरी सर्पोटमा ५६ अर्ब दिन्छु भनेको छ । अमेरिकाले एमसीसीमार्फत दिएको ५५ अर्बभन्दा बढि चीनले एक अर्ब किन थप्यो ? चीनले नेपालले नै छानेको विकास योजनामा ५६ अर्ब सहयोग गर्ने, उता अमेरिकाले ५५ अर्ब सहयोग रोड, विद्युत ट्रान्समिसन लाइनमा लगानी गर्ने भनिएको छ । सतहीरुपले बाहिरबाट हेर्दा नेपालको पूर्वाधारमा लगानी गर्ने भनिएको छ । यो राम्रो हो । तर, यसभित्र राजनीतिक रहस्य बुझ्नु आवश्यक छ । चिनियाँहरुले दिएको सहयोग बजेटरी सर्पोट हो । यो सहयोग भनेको नेपालले जुन शिर्षकमा राखेर खर्च गर्न चाहन्छ गरोस् भन्ने हो । एमसीसीमा जुन शर्त राखिएको छ, त्यसमा पनि सडक मर्मत र ट्रान्समिसन लाइन बिस्तार गर्ने कुरा छ । त्यो आफैमा नराम्रो होइन । तर, क्षेत्रियरुपमा आएको राजनीनि के हो भन्ने बुझ्नु जरुरी छ । अमेरिकी र चिनियाँबीचको होडबाजिले एशियन क्षेत्रमा मडारिएको राजनीतिलाई सुक्ष्मरुपले बुझ्नु पर्छ । होइन भने ५५ अर्ब लिनु जायज हो भन्ने हो भने यसले राष्ट्रियतालाई खतरामा पार्छ । एमसीसीबारे जान्नेमान्ने डाक्टरहरुले पनि यसलाई अस्वीकार गर्नु भनेको बहुला कुकुरले टोक्नु जस्तै हो भनेका छन् । ५५ अर्ब स्वीकार गर्न हतार गर्नुले के प्रष्ट हुन्छ भने अमेरिकासँग को नजिक हुने भन्ने हो । जसरी भारतसँग नजिक हुँदा नेताको छोराछोरी डाक्टर इन्जिनियर भए, त्यस्तै अमेरिकासँग नजिक हुन पाए कति फाइदा लुट्न पाइन्छ भन्ने छ । एउटा सम्झौताले नेपालको कानूनलाई अन्डरमाइन्ड गर्छ भने त्यो सद्भावनाअन्तर्गत आएको भन्न सकिन्छ ? सम्झौताले कानूनलाई मिचिएको छ भने त्यसले कसरी राष्ट्रियताको रक्षा गर्छ ? यो सोझै सानो देश भनेर जे गरेपनि हुन्छ भनि ठुला देशले हेपेको हो । त्यसकारण एमसीसीबारे निचोडमा भन्नुपर्दा क्षेत्रिय राजनीतिमा आएको एउटा सानो झिल्को हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies