Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमसीसी इन्डोप्यासेफिक रणनीतिअन्तर्गतको अंग भए स्वीकार्नु हुँदैन्

पहिलो कुरा, मेरो व्यक्तिगत विचारको रुपमा भन्ने हो भने जहाँसम्म लाग्छ अमेरिकाले दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन इन्डिोप्यासेफिक रणनीतिअन्र्तपगत आएको छैन् । नेपाल इन्डोप्यासेफिक रणनीतिमात्र होइन् अन्य कुनै पनि रणनीतिअन्र्तगत सैनिक वा गैह्र–सैनिक एलायन्समा प्रवेश गर्दैन । नेपालको मान्यता कुनै पनि प्रकृतिका देशको निकटता वा विपक्षमा हुने उद्देश्यले कुनै पनि सैनिक वा गैह्र सैनिक रणनीतिमा सम्मिलित हुँदैन । यो नेपालको परराष्ट्रनीतिको मूल खम्बा हो । मूल नीति हो । यो अहिलेको नीति होइन । पञ्चायत कालको नीति पनि यहि थियो । कांग्रेसको पालाको नीति पनि यहि थियो । अहिलेको नीति पनि यहि छ । त्यसकारण यो हाम्रो आधारभूत मान्यता हो । कुनै एक पार्टीले बदल्ने कुरा पनि आउँदैन । विभिन्न पार्टीले साझा रुपमा विकसित गरेको मान्यता हो यो । हाम्रो संविधानले पनि यहि मान्यतालाई बोकेको छ । यसको मतलब कुनै एक पार्टीको स्वर्थको लागि एमसीसीको विरोध वा समर्थन गर्ने कुरा आउँदैन । दोस्रो, इन्डोप्यासेफिक रणनीति सन् २०१७ मा चर्चामा आएको हो भने एमसीसी सन् २००४ मा आएको हो । यसबाट के प्रष्ट हुन्छ भने एमसीसी सबैभन्दा पहिला आएको हुनाले सोझो अर्थमा इन्डोप्यासेफिक रणनीतिअन्र्तगत यो परियोजना आएको देखाउँदैन । तर, यदि अमेरिकाले इन्डोप्यासेफिक रणनीतिमा सहमत गरेमात्र सो सहयोग पाइन्छ भन्ने हो भने यसमा नेपाल सहभागि हुँदैन । यसलाई संसदबाट अनुमोदन गर्नु हुँदैन । इन्डोप्यासेफिक रणनीतिसँग यसको सरकोकार छैन् भने एमसीसीलाई अनुमोदन गर्न सकिन्छ । नेकपाको भर्खरै सकिएको स्थायी कमिटि बैठकमा एमसीसीबारे व्यापक छलफल भएको थियो । यस विषयमा पार्टी नेतृत्वलाई मैले पनि स्पष्टसँग सूझाएको छु । एमसीसी स्वीकार गर्ने विषयमा विभिन्न चरणमा कुरा भएको थियो । म अर्थमन्त्री हुँदा पनि यस विषयमा छलफल भएको हो । सम्झौता गर्दा एकै चरणमा हुँदैन विभिन्न चरण पार गरेर जानुपर्ने हुन्छ । यसमा समय लाग्छ । स्थायी कमिटीले अमेरिकी सरकारसँग यस विषयमा प्रष्ट भएर निर्णय लिन पार्टी नेतृत्वलाई जिम्मेवारी दिइसकेको छ । पार्टीले थप अध्ययन गरेर सरकारलाई आवश्यक सुझाव दिन्छ । सरकारले पनि यस विषयमा अमेरिकी धारणा स्पष्टरुपले बुझेपछि अनुमोदन गर्ने नगर्ने निर्णय गर्छ । यो मात्र होइन कुनैपनि देशको सैन्य वा अन्य सामरिक रणनीतिमा नेपालले हस्ताक्षर गर्दैन । दातृ निकायको सहयोगको बिषयमा सर्तसहित विश्व बैंक, एशियाली विकास बैंकको सहयोग लिइरहेका छौं भने एमसीसीलाई स्वीकार्न हामीलाई कुनै आपत्ति छैन । कुनै बेला असमानता भएर पनि सहयोग लिनुपर्छ । त्यसलाई अवस्था परिवेशले फरक पार्छ । त्यो फरक कुरा हो । तर, हामी कोहि कसैको सैनिक वा गैह्रसैनिक रणनीतिमा गोलबन्द हुन चाहँदैनौं । गोलबन्ध हुने शर्तमा हामी कुनै पनि सहयोग लिदैनौं । एमसीसीमा भारतले पहिल्यैनै सहमति जनाइसेको हुनाले यसमा कुनै टाउको दुःखाइको कुरा भएन । तर, कहिलेकाँही दुईपक्षिय रणनीतिमा तेस्रो पक्षको पनि सहमति आवश्यक हुन सक्छ । यस्तो अवस्थामा हामीले ध्यान दिनुपर्ने कुरा के हो भने कुनै पनि सम्झौता गर्दा त्यो राष्ट्रिय हितमा छ कि छैन त्यसमा चनाखो हुनु पर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies