काठमाडाैं । बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीले २ वटा नेपाली नागरिकता लिएको खुलेको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-४ साविक जुबु गाउँ विकास समिति १ मा जन्मिएका गिरीले सुनसरी र सोलुुखुम्बुबाट दोहोरो नागरिकता लिएको पाइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।
सोलुखुम्बुबाट जन्म मिति वि.सं. २०३० साल मंसिर १० गते लेखिएको २२२७/५९५ नम्बरको नेपाली नागरिकता लिएका गिरिले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट श्री वैष्णव कृष्णदासको नाममा जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको ०६९००४ नम्बरको नागरिकता लिएको पाइएको छ। दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुवाको नाम छबिलाल गिरी नै लेखिएको छ। २०४८ सालमा सोलुखुम्बुबाट लिएको नागरिकता पहिलो र झुँटो विवरण पेश गरेर २०६३ सालमा सुनसारीबाट अर्को नागरिकता लिएको पाइएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी विनोद गौतमले जानकारी दिए।
उमेर र नाम समेत परिवर्तन गरेका गिरीले २०६४ सालमा सुनसरीको तरहरामा जग्गा समेत खरिद गरेको पाइएको छ। नयाँ नागरिकता लिइसकेपछि सोही वर्ष कृष्णबहादुर गिरी नामको पुरानो नागरिकताबाट उनले इटहरीमा अढाई कठ्ठा जग्गा खरिद गरेको पनि प्रमाण भेटिएको छ। यदि कसैले झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको प्रमाणित भएमा उक्त नागरिकता रद्ध गरी १५ हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
आइतबार थुनछेक बहस योगसाधनामा सिद्धपुरुष, बनस्पति गुणमा बिद्यावारिधि हासिल गरेको डाक्टर वताउने कृष्णदास सुनसरीको वराहक्षेत्र नगरपालिका २ चताराधामस्थित आश्रममा बस्दै आएका थिए। २०७६ कार्तिक ४ मा बलात्कार गरेको भन्दै उनकै अनुयायी महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि उनी अहिले प्रहरी हिरासतमा छन्। शुक्रबार जिल्ला अदालत सुनसरीमा उनको बयान सकिएको छ। अदालत श्रोतका अनुसार वादी/प्रतिवादी दुवैतर्फको बयान शुक्रबार सकिएको हो। आइतबार थुनछेक बहस हुने जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीले बताए।
प्रतिवादीको तर्फबाट अधिवक्ताहरू मोहन कोइराला, रुपेश कोइराला, मोहन पराजुली र सरोज गिरी तथा पीडितको तर्फबाट सरकारी वकिलहरू नवराज विष्ट, रेणुका राई, गोकुल निरौला, अनन्त न्यौपाने, अनिल रेग्मी र रेवती सुवेदीले बहस गर्ने भएका छन्। १० वर्षसम्म कैद सजाय हुनसक्ने अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९को १, २ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्ण दास भन्ने कृष्णबहादुर गिरी उपर सजाय माग दाबी गरेका छन्।
गिरीलाई लगाइएको अभियोग प्रमाणित भए उनलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९को १, २ र ३(ङ) अनुसार १८ वर्ष वा १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको खबर भोजराज कार्कीले थाहा खबरकाे लागि लेखेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: