काठमाडाैं । रास्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रेष्ठसँगै नेकपाकी भगवती न्यौपानेले महिलातर्फबाट रास्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महिलाबाट म्यादीकी बिमला गौचनले उम्मेदवारी दर्ता गराउने छिन् ।
खुलाबाट स्याङ्जाका सुर्यप्रसाद रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराउने छन् । कांग्रेसका बिन्दा राना कास्की र गोरखाका सुरेन्द्र पान्डेको ठाउँमा रास्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
गण्डकी प्रदेशमा जम्मा जम्मी २ सय ५२ मतदाता छन् । ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्यले मत हाल्ने छन् । गण्डकी प्रदेशको मतदानस्थल जिल्ला निर्वाचन कार्यालय कास्कीको कार्यालयलाई तोकिएको छ । आउँदो माघ ९ गते रास्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदै छ ।
नारायणकाजी समाजवादीका अध्यक्ष डा. बाबूराम भट्टराईसँग प्रतिनिधि सभाका चुनावमा पराजित भएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: