Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडाैं । साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५१ विन्दुले बढेर २५५.६९ मा पुगेको छ । नेप्सेको छलाङसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता शेयर रु ७१ करोड २४ लाख २५ हजार ८२७ मूल्यमा खरीद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहको नै शेयर बढेको छ । बैंकिङ १६.७४, व्यापार ६.३५, होटल १०.६४, विकास बैंक १९.३६, जलविद्युत् ८.६७, वित्त ३.८६, निर्जीवन बीमा ५९.२९, उतपादन २.३९, अन्य २.७७, लघुवित्त ४०.२४, जीवन बीमा ८३.६८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ६२ लाख २७ हजार ३८४ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशियाको रु चार करोड ३४ लाख ४१ हजार १२८, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड २१ लख ५३ हजार ४५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड पाँच लाख ४६ हजार ६६६, हिमालयन डिस्टिलरीको रु दुई करोड ५० लाख १८ हजार ५१८, नागरिक लगानी कोषको रु दुई करोड ३२ लाख ३७ हजार ३७९ र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु एक करोड ९१ लाख २५ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए । गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.५४, श्रीराम सुगर मिल ७.६९, सप्तकोशी डेभलपमेन्ट बैंक ७.३८, कञ्चन डेभलपमेन्ट बैंक ७.१८, सिनर्जी पावर ६.७४ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.६० प्रतिशतले कमाए ।

यस्तै, नेपाल फाइनान्स ५.६३, कर्पोरेट डेभलपमेन्ट बैंक ५.१२, पञ्चकन्या माई हाइड्रोपावर ३.४४, सिद्धार्थ इक्विटी फण्ड २.७७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर २.१३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले गुमाए । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending