Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एमसीसी नेपालको परराष्ट्र नीति विपरित भएकोले स्वीकार्न सकिँदैन

\"\" एमसीसी सम्झौता झट्ट बाहिरबाट हेर्दा यसलाई पैसाको आवरणले ढाकिएको छ । तर, भित्रिरुपमा यो अमेरिकाको इन्डोप्यासेफिक रणनीतिअन्तर्गत आएको एउटा कार्यक्रम हो । स्वयं अमेरिकन राजदुतले एमसीसी आइपिएसकै एउटा पार्ट हो भनिसकेपछि स्वीकार्नुको कुनै अर्थ छैन् । त्यसकारण यो अमेरिकाको सैन्य रणनीतिअन्तर्गत आएको कार्यक्रम हो । अब प्रश्न उठ्छ, हामी इण्डो–प्यासिफिकको अंग हुने कि नहुने ? यहाँ अमेरिकाको पैसा लिने कि नलिने, सहयोग रकम बढाउने कि नबढाउने भन्ने कुरा होइन, अमेरिकाको सैन्य रणनीतिको अंग हुने कि नहुने भन्ने सवाल मुख्य हो । हाम्रो जस्तो देश भूराजनीति र सामरिक महत्वको दृष्टिकोणले अति संवेदनशिल अवस्थामा रहेको छ । हामी दुई ठूला देश भारत र चीनको बीचमा छौं । हाम्रो असंलग्नताको परराष्ट्र नीति छ । यस्तोमा अमेरिकी एलाइन्समा जान सक्दैनौं । हामी गरिब छौं । हाम्रो मानसिकता दरिद्र रहेको छ । एकपटक मोटो रकम गुमायौं भने हामीले कहिल्यै सहयोग पाउँदैनौं भन्ने सोंचले ग्रसित छौं । त्यसकारण कतिपयलाई जसरी पनि सो रकम हात पार्न पर्छ भन्ने लागेको छ । हो रकम हात पार्नु राम्रो कुरा हो तर धेरै सोचविचार गरेर राष्ट्रियहितमा हुनेगरी स्वीकार्नुपर्छ । एमसीसीबारे गम्भिर रुपमा सर्वपक्षीय बहस र छलफल आवश्य देखिन्छ । सरकारले नैतिक वा कुनै दबाबको भरमा तत्काल स्वीकार गर्नुभन्दा पनि यसको अपरिहार्यता कति छ भन्ने विषयमा ध्यान दिन आवश्यक छ । यदि हामी इण्डो–प्यासिफिक एलाइन्समा सहभागी हुने हो भने पञ्चशिलताको आधारमा खडा भएको असंलग्न परराष्ट्र नीति खारेज गर्नुपर्ने हुन्छ । पहिलेदेखि नै नेपालको नीति भनेको असंलग्न नीति हो । अमेरिकी राजदुतले प्रष्टरुपले भनेको छ, एमसीसी इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत आएकोले नेपालले स्वीकार गर्ने नगर्ने उसको विचार हो । त्यसो भए सरकारले एमसीसी सैन्य रणनीति भएको स्वीकार गर्दै यसमा सहभागि हुन्छौं भन्दै अमेरिकालाई जवाफ दिनुपर्छ । स्थायी कमिटी बैठकले प्रष्टरुपमा राष्ट्रियताको पक्षमा हुनेगरी सचिवालय र सरकारले अमेरिकन सरकारसँग कुराकानी अघि बढाउन म्याण्डेट दिएको छ । एमसीसी सम्झौता गर्नु राष्ट्रहितमा छ वा छैन भन्ने कुरा सचिवालयले प्रष्टरुपले जवाफ दिनु पर्छ । होइन भने अमेरिकाले प्रष्टरुपमा यो सैन्य रणनीति अन्तर्गत छैन, यो विशुद्धरुपले गरिबी विरुद्धको लागि दिइएको सहयोग हो भन्नुपर्छ । यदि अमेरिकाले गरिबीविरुद्धको लागि उर्जा र भौतिक पूर्वाधार विकासमा उपलब्ध गराइएको रकम मात्रै भएको कुरा स्वीकार गर्छ भने सहयोग लिनु कुनै आपत्तिजनक हुँदैन । हामीले अमेरिकासँग पहिलेदेखिनै सहयोग लिइराखेकै छौं । चीनले अघि सारेको बिआरआइ कुनै सैन्य रणनीतिअन्तर्गत नभएकोले हामी यसको सदस्य बन्यौं । यो विशुद्ध आर्थिक विकासकोलागि अघि सारिएको प्रोजेक्ट हो । बिआरआई अन्तर्राष्ट्रियरुपमा मान्यताप्राप्त छ । सबैले प्रष्ट बुझेको विषय अमेरिकाले बिआरआईको काउण्टरमा ल्याएको सैन्य कार्यक्रम इण्डो–प्यासिफिक रणनीति हो । त्यसकारण हामीले हाम्रो परराष्ट्र नीति अनुसार नै रहेर निर्णय लिन आवश्यक छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies