Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एमसीसीका प्रावधान नेपालकाे सार्वभौम र राष्ट्रिय हित विपरित छ

\"\" एमसीसीको कतिपय प्रावधान हेर्दा यसलाई स्वीकार गर्न सकिने अवस्था छैन् । यसबारे अझै सूक्ष्म अध्ययन गर्न जरुरी छ । एमसीसी कार्यक्रम अमेरिकाले छद्म भेषमा इन्डोप्यासिफिकअन्तर्गत ल्याएको हो भने यसलाई कुनै हालतमा स्वीकार्न सकिँदैन् ।इण्डो–प्यासिफिकअन्तर्गत गएर सम्झौता गर्नु नेपालको सार्वभौम र राष्ट्रियताको अहितमा हुन्छ । यसमा हामी जान मिल्दैन । हाम्रो परराष्ट्रनीतिले पनि यसलाई स्वीकार गर्दैन् । हाम्रा नेताहरु एमसीसीलाई इन्डो–प्यासिफिक रणनीतिको अंग होइन भनेका छन्, तर अमेरिकी अधिकारीहरु इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतकै अंग भनिरहेका छन्, शंकाको सूई यहिनेर घुमिरहेको छ, खासमा अहिलेको समस्या यहि हो, एमसीसीबारे सत्तापक्ष मात्र नभइ अन्य दलहरुसँग पनि घनिभुत छलफल हुन जरुरी छ । यसलाई राष्ट्रिय बहसको माध्यमबाट छलफल अगाडि बढाउनु पर्छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरु दुई कदम अगाडि बढेर एमसीसी जसरी पनि पारित गर्नुपर्छ भनेर चिच्याइरहेका छन् । उनीहरुलाई आफ्नै पालामा सम्झौता गरेको हुनाले यसलाई तत्काल स्वीकार्नुपर्छ भन्ने लागेको होला । यसबारे उहाँहरुले गहिरो अध्ययन गर्नुभएको छैन् । यो कुनै व्यक्ति विषेश वा दल विशेषको लहडमा स्वीकार्ने वा नस्वीकार्ने विषय होइन । यो राष्ट्रियतासँग जोडिएको गम्भिर मुद्दा हो । एमसीसी राष्ट्रिय हितमा छ भने स्वीकार्न सकिन्छ । छैन भने यसमा हठ गरेर काम छैन । रकम नै ठुलो होइन । पैसाको बिटोसँग राष्ट्रियता साट्न सकिँदैन । यसबारे हाम्रा नेताहरुले प्रष्टसँग अमेरिकी सरकारसँग कुराकानी गर्नुपर्छ । स्थायी समितिको म्याण्डेट पनि यहि हो । अमेरिकाले प्रष्टरुपमा एमसीसी कार्यक्रम इन्डोप्यासिफिकको अंगको रुपमा लगानी गर्दैनौं भन्छ भने ठिक छ, हामीलाई स्वीकार्न कुनै आप्पत्ति छैन । तर, सम्झौताका प्रावधान नेपालको हितमा छ छैन पार्टीभित्र र बाहिर गम्भिररुपले बहस हुुनुपर्छ । राष्ट्रियताको विषयलाई कुनै पार्टी विशेषको प्रतिष्ठा बनाउनु आवश्यक छैन । हाम्रो पार्टीको स्थायी समिति बैठकले यस बिषयमा प्रष्ट पारेको छ । इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत आएको हो भने यसलाई स्वीकार्नु हुँदैन । स्थायी समितिले पनि यसका कतिपय प्रावधानको बिषयमा बृहत्तर छलफल र बहस गरी पार्टीले एउटा धारणा बनाएर अगाडि बढ्नुपर्छ भन्ने निर्देश गरेको छ । एउटा कुनै मन्त्री वा पात्रले एकोहोरो ढंगले सम्झौता गराउने विषय हुँदैन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending