Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

देशको सार्वभौमिकतालाई ५५ अर्बमा लिलामी गर्न सकिँदैन

\"\" अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को चर्चा गर्नु पहिले इण्डो–प्यासिफिक रणनीति बुझ्न आवश्यक छ । इण्डो–प्यासिफिक(आइपिएस)लाई अमेरिकाले बेल्ट एण्ड रोड इनिसेटिभ( बिआरआइ)को प्रभावलाई रोक्न बनाइएको रणनीति हो । बिआरआई विश्व मानव हितको लागि चीनले जल, स्थल र हवाई तीनै ठाउँबाट मानब सम्बन्ध स्थापित गर्नेे उदेश्यले बनाएको एक बृहत सञ्जाल हो । यो मानव जातिको भावनासँग सम्बन्धित रहेको छ । यहि पा्रयदिपको प्रभावलाई रोक्ने मनसायले २०१७ अमेरिकाल इण्डो–प्यासिफिक रणनीति विकसित गर्यो । बिआरआइको डकुमेन्ट हेर्ने हो भने अमेरिकाले बिआरआइलाई प्रष्टरुपमा ‘रिभिजनिष्ट’ भनेको छ । उसले उत्तर कोरिया, चाइना र सिरियालाई ‘रिभिजनिष्ट’ हो भनेको छ । हामी मार्क्सवादीले यसलाई संशोधनबाद भन्थ्यौं तर उनीहरुले ‘रिएक्सनरी’ भन्दोरहेछ । यसअर्थ बिआरआइको काउन्टरमा आइपिएस आएको प्रष्ट हुन्छ । एमसीसी उनीहरुले छुट्टै आर्थिक कारोबार हो भनेका छन् । आर्थिकमात्र कार्यक्रम हो भने लिन हुन्छ । इन्डोप्यासेफिक रणनीतिअन्तर्गत आएको कार्यक्रमलाई आर्थिक प्रलोभनमा फस्यो भने नेपालको राष्ट्रियता धरापमा पर्छ । यो कुनै हालतमा स्वीकार्न हुँदैन । आर्थिक सहयोग त जोसँग पनि लिन सकिन्छ । विश्व बैंक, एशियाली विकास बैंकबाट पनि हामीले लिईरहेका छौं । हाम्रो भनाइ के हो भने सम्झौता गर्दै गर्दा अमेरिकाले शर्त राख्नु भएन । बिनाशर्त अमेरिकाले प्रशारण लाइन, यहाँको भौतिक पूर्वाधार विकासकोलागि पैसा दिन्छ भने हामीले स्वीकार्न सक्छौं । आर्थिक सहयोग लिनै हँुदैन भनेर हामीले भनेका छैनौं । तर, शर्त राखेर देशको सार्वभौमिकतालाई ५५ अर्ब रुपयाँमा लिलामी गर्न सकिँदैन । त्यसकारण सरकारले एकपटक स्वंय अमेरिकी अधिकारीसँग भेटेर यस विषयमा प्रष्ट हुन जरुरी छ । प्रष्टरुपमा सरकारले एमसीसी छुट्टै कार्यक्रम भए कार्यान्वयन गर्ने नभए कार्यान्वयन गर्न नसकिने धारणा राख्नुपर्छ । हामी बिआरआइको सदस्य राष्ट्र भएको नाताले बिआरआईलाई रोक्ने हिसाबले ल्याएको कार्यक्रमलाई स्वीकार्न सकिन्न । हामी इण्डो–प्यासिफिक रणनीतिको सदस्य बन्न सक्दैनौं । बिआरआइको प्रायदिपलाई रोक्ने हिसाबले आएको रणनीतिमा हामी सहभागि हुन सक्दैनौं ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies