काठमाडौं । प्रतिनिधिसभा सभामुखविहिन भएको चार महिना बितीसक्दा पनि सत्तारुढ नेकपाका नेताहरुले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झनै सकसपूर्ण भएको विषयमा कान्तिपुर दैनिकले मुख्य समाचार लेखेको छ । समाचारमा शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन ।
‘आइतबार डाकिएको संसद् बैठक भरसक स्थगित गर्न नपरोस् भनेर उहाँहरु छलफलमा जुट्नु भएको थियो,’ अध्यक्षद्वय निकट स्रोतले भन्यो,‘तर सहमति भएन, तत्काल सहमति हुनेगरी अघि बढेको पनि देखिएन ।’ छलफलमा अध्यक्ष दाहालले एकीकरण पूर्वको सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
‘सचिवालयका नौ सदस्यमध्ये चार जना त हामीलाई सभामुख दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, बादलजी९गृहमन्त्री रामबहादुर थापा०को पनि सभामुख यतै हुनपर्छ भन्ने लाइन हो,’ दहालको भनाइ उद्धृत गर्दै उनीनिकट नेताले भने,‘विषय टुंग्याइहालौं तपाईँले अडान छाड्नुप¥यो ।’
प्रधानमन्त्री ओलीले भने सरकार एक जनाले र दल एक जनाले चलाउने गरी सहमति भएपछि सभामुख पनि सरकार सञ्चालन सहज हुनेगरी चुन्नुपर्ने र त्यसका लागि आफैंले रोजेको व्यक्ति चाहिने बताएका थिए । ‘तपाईँले छुट्टछुट्टै भेला गरेर हाम्रा यति टाउका छन् भनेर बार्गेनिङ गर्नुहुन्छ, पछि संसदेबाट सहयोग हुन्छ भन्ने के ग्यारेन्टी छ रु’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मलाई सरकार सञ्चालनमा सजिलो पारिदिनुहोस् ।’ ओलीले दाहालसँग छुट्टै गठबन्धन भेला गरेर राम्रो नगरेको बताएका थिए । ओली र दाहाल आ–आफ्ना कुरामा अडिग रहेपछि सभामुख चयनको विषयमा पेचिलो बन्दै गएको छ ।
यता सभामुख बन्न उपसभामुख डा। शिवमाया तुम्बाहाङफेले संसद्लाई बन्धक नबनाउन आग्रह गर्दै सभामुखबारे छिटो निर्णय लिन आग्रह गरेकी छिन् अन्नपूर्ण पोस्ट्को समाचार अनुसार उनले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग त्यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगरे उनले आफूलाई सभामुख बनाउन आग्रह गरेकी थिइन ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: