काठमाडौं । सरोकारवालाहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको स्वाधिनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका छन् । उनीहरुले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको समेत दाबी गरेका छन् ।
राष्ट्रिय जागरण मंचले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पारित गरे नेपाल खाडी मुलुकजस्तै युद्धभूमी बन्ने खतरा रहेको बताए । कार्यक्रममा बोल्दै सत्तारुढ (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सैन्य रणनीति भएको बताए ।
उनले इण्डाे-प्यासिफिक सैन्य रणनीति भएको बताउँदै एमसीसी पनि उसैको अंग भएको उल्लेख गरे । एमसीसी विद्युत विकासभन्दा पनि चीनले अगाडि सारेको बिआरआईलाई अबरोध गर्ने नियतका साथ ल्याइएको पोखरेलकाे भनाइ छ ।
सम्झौतालाई नेपालको कानुनभन्दा माथि राखिएको भन्दै पोखरेलले आपत्ति जनाए । उनले देशको कानुनलाई विस्थापित गर्नेगरी अमेरिकासँग एमसीसी सम्झौता गर्नु राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको बताए ।
एक अर्को प्रसंगमा बोल्दै पोखरेलले एमसीसीसँग गरिएको सम्झौताअनुसार विद्युत निर्यत गरेर देश समृद्ध नहुने दाबी समेत गरे । “विद्युत कच्चा पदार्थ हो, कच्चा पदार्थ निर्यत गर्ने कुनैपनि मुलुक समृद्ध भएका छैनन् । विद्युत निर्यत होइन देशमै खपत गर्नुपर्छ” पोखरेलले भने । उनले एमसीसीबारे आफ्नो पार्टीभित्र व्यापक छलफल भइरहेको बताउँदै अहिलेकै अवस्थामा कदापी पास हुन नदिने बताए ।
नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट्ब्यूरो सदस्य इन्द्रमोहन सिंदेलले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसदबाट पारित भएर लागु भए नेपालको स्वाधिनता समाप्त हुने बताए । उनले चीन विरुद्ध नेपालीभूमी प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने बताए ।
एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएपनि राष्ट्रघाती भएको बताउँदै खारेज हुनुपर्ने बताए । त्यसविरुद्ध आफ्नो पार्टी सडक संघर्षमा रहेको समेत बताए ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले चीनविरुद्ध नेपालीभूमीलाई उपयोग गर्न अमेरिकाले एमसीसी अगाडि ल्याएको भन्दै खारेज गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष प्रचण्डले देश र जनताप्रति जिम्मेवार नभएकै कारण एमसीसी सम्झौता भएको ढकालले बताए । उनले सम्झौता खारेजीको लागि सम्पूर्ण जनता सडकमा आउने बेला आएको बताए ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता स्वागत नेपालले एमसीसीलाई नेपालको कानुनभन्दा माथि राखिएको बताउँदै देश र जनताको हितविरुद्धमा भएको बताए । उनले एमसीसी राष्ट्रघाती भएपनि संसदलाई पारित गर्ने तयारी भइरहेको भन्दै त्यसविरुद्ध जनता प्रतिरोध गर्नुपर्ने बताए । जनअधिकार मंचका उपाध्यक्ष देवबहादुर पौडेललगायत एमसीसी राष्ट्रहित विपरित भएको बताउँदै खारेज गर्नपर्ने धारणा राखेका जिए ।
कार्यक्रममा मंचका संयोजक गुणराज लोहनीले पावर पोइन्टमार्फत एमसीसीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन नरबहादुर कार्कीले गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: