Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सबै मिलेर देउवालाई हराउनु पर्छ : शशाङ्क कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताएका छन्। महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताएका हुन्।

उनले भने, \"मैले यसअगाडि सभापति देउवाविरुद्ध बोलेको थिइनँ। तर अब पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ।\" तर देउवानिकट नेता बालकृष्ण खाँणले अहिले नेताहरूबीच आरोपप्रत्यारोप गर्ने बेला नभएको बताएका छन्।

\'देउवासँग सपना नै छैन\'

झापाको विर्तामोडमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफूलगायत देउवाको विरोधमा रहेका रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामशरण महत एक ठाउँमा उभिए मात्र देउवालाई हराउन सकिने बताएका हुन्।

उनले भने, \"सिटौला पनि हामीसँग रहनुहुन्छ भन्ने विश्वास छ। तर उहाँ अनुभवी राजनीतिक व्यक्ति हुनुहुन्छ। हामी एक ठाउँमा आएनौँ भने उहाँलाई हराउन सकिँदैन।\" पार्टी सभापति भइसकेपछि गुट त्यागेर सबैको सभापति हुनुपर्नेमा देउवाले एउटा गुटलाई मात्र समातेको महामन्त्री कोइरालाको भनाइ छ।

उनले भने, \"जुन गुटलाई समातेर सभापति हुनु भयो अहिले पनि त्यही गुट मात्र समाइरहनु भएको छ। सभापति भइसकेपछि त माथि उठ्नुपर्यो नि।\" देउवासँग पार्टीलाई अगाडि लैजाने सपना पनि नभएको आरोप उनले लगाए।

उनले भने, \"देउवासँग न पार्टी उँभो लगाउने सपना छ न राष्ट्रका लागि।\" \"चार वर्षसम्म म उहाँविरुद्ध बोलिनँ। तर केही समयदेखि बोल्न थालेको हुँ।\"आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने/नउठ्नेबारे निर्णय नगरेको उनले बताए।

\'आरोपप्रत्यारोपको समय होइन\'

देउवानिकट मानिएका कांग्रेस नेता बालकृष्ण खाँडले अहिले पार्टीका नेताबीच आरोपप्रत्यारोपको समय नभएको बताए। उनले भने, \"अहिलेको सरकारले नागरिक अधिकार सङ्कुचन गर्ने खालको संविधानको प्रतिकूल विभिन्न विधेयकहरू अगाडि बढाइरहेको छ।\"

\"पार्टीभित्रै एकआपसमा मतान्तर र पार्टीका नेताहरूलाई आरोपप्रत्यराोप गर्ने बेला अहिले होइन। यसले पार्टीलाई बलियो बनाउन सक्दैन।\" उनले आरोपप्रत्यारोपमा संलग्न नहुन सबै नेताहरूलाई आग्रह पनि गरे। बीबीसीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending