Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

पार्टीको निर्णयले संविधान मिचियो भन्नु बच्चापन बाहेक केहि होइन

प्रदेश सभाको नामभन्दा पनि राजधानी राख्ने विषयले नेकपाभित्र पेचिलो अवस्था बनेकै हो । मुलभुतरुपमा काभ्रे र मकवानपुर कहाँ राख्ने भन्ने विषयमा चर्को बहस भएको थियो । मत विभाजित भएको सत्य हो । यस विषयमा ५ दिनसम्म बैठकमा तिब्र बहस चल्यो । आइतबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधानीको सवालमा टुंगो लगाइसेको छ । अब यसमा विवाद गर्नुको कुनै तुक छैन । राजधानी राख्न ठिक थियो थिएन भन्ने विषयमा मेरो विचारमा यो राजनीतिक निर्णय हो । आजलाई हेरेर राजधानी तोकिने होइन । भविष्यलाई हेरेर राजधानी तोकिने हो । राजधानी कायम गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमाको विषय, सुरक्षाको संवेदनशीलताको बिषय पनि जोडिएको हुन्छ । हाम्रो देशमा विभिन्न जातजाति, धर्म, संस्कृतिमा विभाजित मुलुक हो । त्यसकारण सामाजिक सन्तुलनलाई खलबलिन नदिन हामीले सोच्नु पर्ने हुन्छ । त्यसैले यी सबैलाई मध्यनजर गरी पार्टी सचिवालयले गरेको निर्णय हाम्रो संसदीय दलले स्वीकृति गरेको हो । संविधानले कुन विषयमा ह्वीप लगाउने, नलगाउने भन्ने बारे बोलेको छैन । जुन कुरा हाम्रो दलको विधानले बोल्छ । दलको विधानमा राष्ट्रिय एकतालाई अक्षुण राख्न ह्वीप जारी गर्न सक्ने भनेको छ । सामाजिक सद्भाव कायम राख्न ह्वीप जारी गर्नु सम्बन्धित दलको दायीत्व हो । किनभने यो प्रदेशको मात्र विषय नभई राष्ट्रिय बिषय हो । यस हिसाबले प्रदेशसभाका कुनै पनि सदस्य स्वतन्त्र छैन । बाहिर हामी जति स्वतन्त्रताको कुरा गछौं, दलका कार्यकर्ता र दलबाट निर्वाचित सदस्यहरु कोहि पनि स्वतन्त्र हुँदैनन् । केहि समय अघि मात्रै निर्वाचन आयोगले स्थानीय प्रतिनिधिको सवालमा दल त्याग गरेमा वा सम्बन्धित दलले स्थानिय तहका कुनै पदाधिकारीलाई कारबाही गरेमा उसको पद स्वत समाप्त हुने भनेर फैसला गरेको छ । हामीले अहिलेसम्म बुझेको वा अभ्यास गरेको आधारमा स्थानीय तहको हकमा कुनै दल देखिदैन भन्ने थियो । निर्वाचन आयोगले स्थानिय तहमा त दलीय हक लागु गरेको छ भने प्रदेश वा संघमा त स्वत लागु हुन्छ । यसले कुनै अन्यथा हुँदैन । सम्बन्धित दलले आफ्ना सदस्यहरु छाडा नहुन भनेर नै यो व्यवस्था गरेको हो । मेरो हकमा पनि म निर्वाचत भएको व्यक्तिगत कारणले होइन । दलको कारणले हो । व्यक्तिगत निर्वाचित भएको भए मलाई व्हीपले कुनै फरक पर्ने थिएन । मैले त्यहाँ स्वविवेक लागु गर्थें । त्यसैले हामी दलीय प्रतिनिधि हौं । दलको निर्णय मान्नुपर्छ । यो प्रदेशमा ६६ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन् । दोस्रो समानुपातिक प्रणालीबाट आएका सदस्यहरु छन् । समानुपातिक भनेको व्यक्तिलाई दिएको भोट होइन । पार्टीलाई दिएको भोट हो । त्यहि भोटको आधारमा निर्वाचित सदस्यहरु ४४ जना रहेका छन् । ताकि उनीहरु भनेको पार्टीको खामबन्दीबाट आएका माननीय हुन् । उनीहरुलाई जनताले छानेका होइनन् । पार्टी अध्यक्षले निर्वाचन आयोगलाई नाम तोकेर प्रदेशसभा सदस्य बनाउन गरेको आग्रहको आधारमा निर्वाचन आयोगले उनीहरुलाई प्रमाणपत्र दिएको हो । पार्टीले नै सबै कुराको जोखिम लिएर निकास दिँदा संविधान उल्लंघन हुने भन्नुको अर्थ बच्पन्ना बाहेक केहि होइन । राजधानी र नामको विषयमा नेतृत्वले खुट्टा कमायो भन्नु गलत कुरा हो । यसका कुनै सत्यता छैन । म काठमाडौंबाट निर्वाचित सदस्य हुँ तरपनि हेटौंडाको पक्षमा उभिएको छु । काठमाडौंको २० वटा निर्वाचन क्षेत्रमध्ये १६ वटा हाम्रो पार्टीले जितेको छ । उनीहरुमध्ये एकाद बाहेक बहुसंख्यक सदस्य हेटौंडाको पक्षमा उभिएका थिए । मेरो नेतृत्वले बुझाएको प्रतिवेदलाई लिएर साथीहरुले बाहिर अनेकौं हल्ला फिजाए । एक बर्ष अघि दर्ता भएर पनि कुनै निर्णय भएन । छलफल गरिएन । सभामुखले प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गरेनन् । दलको नेताले प्रतिवेदन कार्यान्वयन गर्न चाहेन । यस्तै हल्ला फिजाए । वास्तविक कुरा मेरो समतिले बुझाएको प्रतिवेदन एक बर्षअघि सभामुखको सचिवालयमा दर्ता गरेको हो । तर, त्यो प्रतिवेदन विधिसम्मत कतै दर्ता भएकै छैन । गत बर्ष बर्खे अधिवेशनमा राजधानी र नामको विषयमा कार्यविधि बनाएका थियौं । अस्ति भर्खर हिउँदे अधिवेशनले त्यो कार्यविधि पारित गरेको हो । त्यो कार्यविधिमा समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर त्यसलाई विधि र प्रकृयागत रुपमा टुंग्याउने भन्ने थियो । त्यसपछि सभामुखले राजधानी कहाँ राख्ने भनेर जिल्ला र स्थान खुलाएर दर्ता गर्न सभामुखले आव्हान गर्ने भन्ने थियो । त्यसको प्रस्तावक र समर्थकले संसदमा दर्ता गर्ने भन्ने थियो । त्यसैअनुसार संसदमा औपचारिकरुपले छलफल हुने हो । तर, यहाँ कुनै कानून, विधि प्रकृयानै नबुझि बाहिर अनेकौं हल्ला चलाइयो । साथीहरुले बिष खान तयार हुनुभयो । वास्तवमा उहाँले कानून नबुझेर यस्तो भएको हो । (निरौला तत्कालिन राजधानी सम्भाव्यता अध्ययन समितिका संयाेजक हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies