Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

हामीभित्रकाे आन्तरिक मतभेदकै कारण प्रदेश राजधानी हेटौंडा पुगेकाे हाे

बिगत तीन बर्षदेखि लामो छलफल, बहसबाट आइतबार प्रदेश ३ को नाम बागमती प्रदेश र राजधानी हेटौंडा स्थायी रुपले कायम भएको छ । नाम र राजधानीको विषयमा मलगायत धेरै साथीहरुको केहि विमति भएपनि अन्ततः यस प्रदेशले निकास पाएको छ । प्रदेशसभाको दुईतिहाइ सदस्यको मत प्रकृयाबाट कायम प्रदेशको नाम र राजधानीलाई स्वीकार्नुको कुनै विकल्प छैन । लामो समयदेखिको अन्यौलता चिर्दै जे जस्तो भए पनि प्रदेशले स्थायी राजधानी र नाम पाएको छ । यसमा धेरै साथीहरुले प्रदेशको अधिकार क्षेत्रमाथि केन्द्रको हस्तक्षेप भयो भन्ने गुनासा रहेका छन् । हस्तक्षेप ठिक थियो या थिएन, दलीय व्हीप लाग्छ या लाग्दैन भन्ने सवाल उठेको छ । हामी दलीय व्यवस्थामा रहेपछि पार्टीको निर्देशन, सुझाव नमान्ने भन्ने हुँदैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसमेत दलीय प्रणालीबाटै आउने हो । पार्टीले नै निर्णय गर्ने हो । पार्टीको निर्णयअनुसार नै संसदको दुई तिहाइले अनुमोदन गराउने हो । दलीय व्यवस्थामा यहि नै कुरा लागु हुन्छ । जहाँसम्म प्रदेशको नाम र राजधानी तोक्ने सवालमा दलीय निर्देशन या ह्वीप लागु गर्न मिल्छ कि मिल्दैन भन्ने सवाल उठेको छ । विगतमा यस बिषयमा धेरै बहस, छलफल भएको थियो । सबैले आफ्नो तर्क राख्नु भएको छ । हाम्रो संस्कार नै कस्तो भयो भने शुरुवात नकारात्मक टिप्पणीबाट गर्ने प्रबृत्ति हावी रहेको छ । सकारात्मक सोचबाट काम हुँदैन । त्यसैले सबैले तर्क वितर्क गर्ने अधिकार छ । अन्ततः यी सबै प्रकृया संसदबाट नै अनुमोदन हुने हो । प्रदेशको राजधानी र नामको विषयमा बालुवाटार छलफलमा पनि हामीले सचिवालयको निर्णयको असहमति राखेको हो । तपाईको निर्णयले प्रदेशको अधिकारक्षेत्रमाथि हस्तक्षेप भएको छ । यो हुँदैन, राजधानी हेटौंडा हुँदैन भनेर अडान राखेको हो । यो अपायक छ, कुनै पनि हिसाबले वैज्ञानिक छैन । बहुमत सदस्य हेटौंडाको विपक्षमा थिए र छन् । प्रदेशको नाम पनि वैज्ञानिक खालको छैन् भनेर हामीले अडान राखेका थियौं । उहाँहरुले गल्ति रियलाइज गर्नुभयो । निर्णयमा पुर्नविचार नहुने तर्क राख्नुभयो । पार्टीले नै निर्णय गरेपछि हामी मान्य बाध्य भयौं । प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा चाडै निष्कर्षमा पुग्न पार्टीले हामीलाई पटकपटक निर्देशन दिएको थियो । सुझाव नदिएको होइन । दिएको हो । यसलाई हामीले टुंग्याउन सकेनौं । हामीबीचमा एकरुपता हुन सकेन । प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्यहरु, पार्टीका नेताहरु फरकफरक इन्ट्रेसका कारण तीन बर्षसम्म सहमति जुट्न सकेन । हामीनै मिल्न नसकेपछि पार्टीले हस्तक्षेप गरेको हो । कस्तो स्थिति बन्यो भने काभ्रेको पक्षमा पनि दुई तिहाइ पुर्याउन नसक्ने र हेटौंडाको पक्षमा पनि दुईतिहाइ पुर्याउन नसक्ने अवस्थामा मत विभाजन भयो । संघीयता कार्यान्वयन, संविधान कार्यान्वयनको शुरुको अवस्था भएकोले समयमै कार्यान्वय गर्नु पर्ने नैतिक दवावमा हामी थियौं । हामी आन्तरिक रुपमै विभाजित भएर बस्दा ५ बर्षमा समेत प्रदेशको स्थायी नाम र राजधानीको विषय टुंग्याउन नसक्ने अवस्था सिर्जना भयो । स्थायी रुपले नाम पनि नटुंगिने, राजधानी पनि नटुंगिने स्थिति पैदा भयो । अन्त्यमा केहि सिप नलागेपछि बाध्यताले पार्टीले एउटा सहजिकरण गरिदियो । पार्टीले हामीलाई कुनै लिखित निर्देशन दिएको पनि होइन । कुनै सर्कुलर जारी गरेको पनि होइन । जे हुनु भइसक्यो । अहिले धेरै सदस्यहरुको चित्त बुझेको छैन् । यहि नै अन्तिम हो अब सबै सकियो । हामीलाई पार्टीले स्वतन्त्रपूर्वक निर्णय गर्न दिएन भनेर कुडिँएर बस्नुभन्दा पनि यसलाई आत्मसात गरेर जानुपर्छ । संसारमा अन्य मुलुकको अभ्यास हेर्ने हो भने पनि नाम, राजधानी, सीमाङकनलगायत धेरै विषय हेरफेर भएको छ । पायक परेन भने फेर्न पनि सकिन्छ । हाम्रोमा पनि सदरमुकाम धेरै ठाउँमा सारिएको इतिहास छ । अनुपयुक्त लागेमा सार्न सकिन्छ । यसमा आपत्ति जनाउनु पर्ने केहि छैन । अहिले कमसेकम प्रदेशले स्थायी राजधानी र नाम पाएको छ । यसमा खुशी प्रकट गर्नुपर्छ । म आफै पनि राजधानी हेटौंडा हुँदैन भनेर अन्तिम अबस्थासम्म अडान कायम राखेकै हो । पछि पार्टीले नै हस्तक्षेप गर्यो । शुरुवातमै प्रदेशको नाम र राजधानी तोक्न नसक्दा त्यसले राम्रो सन्देश नजाने भएकोले अन्त्यमा मैले सहमति जनाएको हो । अस्थायी नै कायम रहेर हाम्रो कार्यकाल सकियो भने त्यसले पार्टीलाई ठुलो क्षति हुने स्थिति आउन सक्छ । अहिले यसैलाई मानौं पछि के कस्तो हुन्छ हेर्दै जाउँ भन्ने निष्कर्षमा हामी पुगेको हो । बाहिर कतै २ र ३ नं. प्रदेश टुक्राउने नियतले हेटौंडा राजधानी बनाइएको होे कि भन्ने आशंका व्यक्त गरेका छन् । त्यसमा कुनै सत्यता छैन । बेकारको बखेडा झिकेर बिषयान्तर गर्न खोजिएको छ । त्यो हुनै सक्दैन । अहिलेलाई बागमती प्रदेश र राजधानी हेटौंडा कायम भएको छ । यसलाई आत्मसात गर्नुको कुनै बिकल्प छैन । (जमकट्टेल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies