Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

दोस्रो तहको नेताले खुट्टा कमाउँदा राजधानी हाम्रो हातबाट फुत्कीयो

संघीयताको मर्म विधि, विधान, संविधान, नियम, कानूनको विषयमा हामीले दलको बैठक र प्रदेशसभा र समितिको बैठकमा पटकपटक कुरा उठाएको हो । तर कुनै सुनुवाइ भएन । प्रदेशको नाम र राजधानी तोक्ने सम्बन्धमा हाम्रो पार्टीको सचिवालयको बैठकले गरेको निर्णय संविधानको धारा २८८(२)मा भएको व्यवस्था विपरित छ । त्यहाँ स्पष्ट रुपले सम्बन्धित प्रदेशसभाको दुई तिहाई सदस्यको मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने भन्ने उल्लेख गरेको छ । प्रदेशसभाको अधिकारमाथि पार्टीले हस्तक्षेप गर्न हुने थिएन । तर, किन हो मैंले बुझेको छैन । अझ बाहिर त २ र ३ नं. प्रदेशको पुनर्सरचना गर्न तत्कालको लागि राजधानी हेटौंडा कायम गरेको भन्ने तर्कपनि आइरहेको छ । प्रदेशसभाको बहुसंख्यक सदस्यहरु हेटौंडाको बिपक्षमा थिए । तर, पार्टीको हस्तक्षको कारण केहि गर्न सकिएन । दीपक निरौंला जीले प्रस्तुत गरेको प्रतिवेदनमाथि सदन र दलको बैठकमा छलफल हुँदा बहुसंख्य सदस्यहरु हेटौंडाको विपक्षमै मत जारी गरेका थिए । त्यसमा राजेन्द्र पाण्डेलगायतले हामीलाई साथ दिएका हुन् । तर, अन्तिम अवस्थामा किन खुट्टा कमाए थाहा भएन । मैले पटक–पटक प्रदेशको नाम र राजधानी उपयुक्त छैन, यसले कुनै पहिचान दिँदैन भएको थिएँ । यसमा ठुलो गल्ति दलको नेता तथा सभामुखबाट भएको छ । उहाँले नै प्रतिवेदन गुपचुप राखि पार्टी नेतृत्वको मुख ताकेर बस्नुभयो । मत विभाजित भएपछि पार्टीले हस्तक्षेपभन्दा पनि सल्लाह दिएको दलिल पेश गरेको छ । यसमा पार्टीबाट प्रकृयागत त्रुटि भएकै हो । केन्द्रीय राजधानी पनि यहि प्रदेशमा भएको हुनाले केन्द्रले चासो राख्नु ठिक भएपनि हस्तक्षेप गर्नु ठिक भएन । यसले पार्टीलाई नै असर गर्छ । पार्टी नेतृत्वबाट हस्तक्षेप गरेको भएपनि दोस्रो तहको नेताले खुट्टा टेकेको भए राजधानी हेटौंडा पुग्ने थिएन । यसमा दोस्रो तहका नेताहरुले खुट्टा कमाएकै हो । नुवाकोटको पक्षमा जनमत नभए पनि काभ्रेको पक्षमा बहुमत सदस्यहरु उभिएका थिए । सबैभन्दा गल्ति बागमती प्रदेशका नेताहरुले खुट्टा कमाएकोले यस्तोस्थिति उत्पन्न भयो । नेताहरुले उपयुक्त ठाउँमा राजधानी कायम गर्नुभन्दा पनि मन्त्री, सदस्यहरुको पद जोगाउन लागे । हामी एकजुट भएर मत जायर गर्न सकेको भए पार्टीले पनि कारवाही गर्न सक्ने थिएन । अहिलेलाई यो ऐतिहाँसिक निर्णयबाट हामी चुक्यौं । यसको असर अहिले होइन पछि भोग्ने छौं । (खतिवडा बागमती प्रदेशका सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies