काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीले एक वडा, एक प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत नेकपाद्वारा निर्वाचित जनप्रतिनिधिलाई वडा–वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरेको नगर कमिटीले पुनः एक वडा एक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
बलेवा क्षेत्रबाट एक वडा एक प्रशिक्षण कार्यक्रम शुरु गरिएको नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले जानकारी दिए । मङ्गलबार बलेवाका वडा नं १२, १३ र १४ मा एकसाथ प्रशिक्षण कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएकोे नगर कमिटीले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भपछि बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले कार्यकर्ता पार्टीप्रति निःस्वार्थ भावनका साथ लाग्नुपर्ने बताए ।
प्रशिक्षणमा सङ्गठन निर्माण तथा परिचालनका बारेमा पौडेलले, पार्टीको राजनीतिक कार्यदिशा र आगामी कार्यभारका विषयमा नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, जनप्रतिनिधि र पार्टीको अन्तर सम्बन्धका विषयमा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, दर्शन र माक्र्सवादी सिद्धान्तका बारेमा जिल्ला इन्चार्ज बलावती शर्मा, नेपाली जनक्रान्तिमा प्रदेश सदस्य श्रीप्रसाद शर्मा र विकास निर्माणमा पार्टीको भूमिकाका विषयमा कृष्ण पाठकले प्रशिक्षण दिएका थिए । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: