Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

एमसीसी सम्झौता नेपालको लागि खतराको घण्टी हो, यो हाम्रो हितमा छैन

\"\" एमसीसीबारे बहस बिहे पछाडि केटी माग्ने कुरा जस्तो भएको छ । पहिलेनै तयारीका साथ हुनुपर्यो त्यो हुन सकेन । जसकारण एकअर्काप्रति शंका उपशंका उत्पन्न गराएको छ । एमसीसी आउँदा पहिला पुरै साकाहारी थियो । तर, अहिले आइपिएसको संगतले गर्दा मांशहारी भयो भन्ने धेरैको बुझाइ छ । धेरैको शंका पनि यसैमा हो । यसको मांशहारीपना जुन हो, त्यसलाई निराकरण गर्ने उपायतर्फ ध्यान दिनुपर्छ । हामीले लगाएको जुत्ताले कहाँकहाँ घोचेको छ, हामीलाई नै थाहा हुने कुरा हो । त्यो अमेरिकाले बुझ्ने कुरा होइन । अब जे भएपनि एमसीसीलाई स्वीकार्नुपर्छ भन्ने कुरामा धेरै विमति नहोला तर हामीलाई घोंच्ने ठाउँहरु के हुन् ? हाम्रा व्यवधानहरु के हुन ? त्यसमा हामीले गम्भिररुपले साेंच्नुपर्छ । लगानीकर्ताहरुले हाम्रा गालाहरुलाई के चौतारीमा झुण्डाएको मादल जस्ता देख्छन् ? जसले आउँछ, उसैले पड्काउँछ । त्यस्तो होइन होला नि त ! हाम्रा पनि निश्चित मान्यताहरु छन् । हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिको स्तम्भ होलान् । ती स्तम्भमाथि आक्रमण भएको छ कि छैन ? राष्ट्रियताको रक्षा हुन सकेको छ कि छैन भन्ने कुरा कुनै पनि कार्यक्रम लागु गर्नु अगाडि नै विस्तृत छलफल र अध्ययन भएको देखिदैन । हामीलाई बिझाउने ठाउँहरु कहाँ–कहाँ छन् तिनिहरुलाई पहिचान गर्ने, पुनरावलोकन गर्ने र सूझाव दिने काम सरकारले गर्नुपर्छ । मेरो विचारमा एमसीसीमा भएको केहि प्रावधान नेपालको हितमा छैन । त्यसलाई करेक्सन गर्नुपर्छ । सबैभन्दा पहिलो कुरा धारा ७, १ मा उल्लेख ‘प्रस्तुत संझौता लागु भएपछि सम्झौतामा उल्लेखित र नेपालको राष्ट्रिय कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ ।’ यो भनेको के हो ? कुनै पनि सार्वभौम देशको कानूनभन्दा माथि अरु चिज हुनसक्छ ? एमसीसीलाई कसैले सुनौलो अवसर भनेर परिभाषित गरेपनि यसले खराब परिणाम नल्याउने के छ आधार ? यस्तै, धारा ३, २ ले ‘सम्पूर्ण बौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार हुनेछ ।’ यो प्रावधानले नेपालले बौद्धिक सम्पत्तिमा असिमित अधिकार प्रयोग गर्न सकिन्छ कि सकिदैन ? यसले मलाई बिझाएको छ । धार ३, ८मा परियोजनाको लेखापरिक्षण अमेरिकाको कम्पनीले मात्र गर्न सक्नेछ भनिएको छ, जहाँ नेपालको पनि लगानी रहेको छ । यसमा कसैले भन्ला अमेरिकाको ठुलो लगानी रहेको छ, उसैले गर्छ तर म त्यो मान्न तयार छैन । मेरो विचारमा एक रुपैयाँ पनि आफ्नो लगानी परेको छ भने त्यसको हिसाब–किताब खोज्ने अधिकार जो कोहिलाई हुन्छ । धारा ५, १ मेरो विचारमा हाम्रो टाउकोमाथि झुण्डिएको खतराको तरबार जस्तो लाग्छ । किनकि यसका प्रावधान डबल मिनिङका छन् । अमेरिकी सरकारले चाहेमा जुनसुकै बेलापनि यो सम्झौता रद्द गर्न सक्नेछ भनिएको छ । यसको अर्थ सानातिना निहुँहरुमा रद्द गर्न सकिने अवस्था छ । यसबाट हामीले कति फाइदा लिन सक्छौं ? एपेनडेक्स १ मा उल्लेखित योजना लागु गर्दा भारतसँग स्वीकृति लिनुपर्छ भन्ने कुरा कतिको जायज छ । होला कतिपय सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राय सूझाव लिनु पर्ने कुरा जायज मान्न सकिन्छ । तर, हामीले भनेकै हुनुपर्र्छ भनेर एमसीसीले हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन ? अर्को प्राजेक्टको बोर्डमा अमेरिकाले छानेको क्षेत्र, व्यक्ति राख्ने भनेको छ । यसको अर्थ हाम्रो सामाजिक विभेदभित्र खेलेर अमेरिकाले नेपालको सार्वभौममाथि खेल्न खोजेको त होइन ? एउटा सानो दरार आएपनि एमसीसी नामको फेसो ठोकेर बञ्चराले हान्ने जस्तो शंका उत्पन्न भएको छ । यसैगरि सम्झौतामा सरकारले कुनै पनि प्रदेशमा परियोजना संचालन वा तयार गर्दा अमेरिकाको स्वीकृति लिनु पर्ने प्रावधान राखिएको छ । यसले नेपालको सार्र्वभौमिकतामाथि असर गर्यो कि गरेन ? एपेन्डेक्स ५ ले हाम्रो परियोजना कार्यान्वयन गर्न भारतको स्वीकृति लिनु पर्ने छ । त्यसकारण एमसीसी आइपिएसको भाग हो भने कुरा गम्भिरतापूर्वक सोच्नुपर्छ । यसले सबैभन्दा पहिले प्रहार गर्ने ठाउँ भनेको हाम्रो असंग्लन सम्बन्धहरुमा हो । यो हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र आयमहरु, विदेश नीतिमा आघात नपुगे तत्काल पास गरे हुन्छ । नत्र भने यसलाई करेक्सन गर्नुपर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies