Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

अदुरदर्शी नेताकै कारण हाम्रो देश ‘रणनीतिक भूमरी’मा फसिरहेकाे छ

\"\" एमसीसीबारे कुरा गर्नुभन्दा पहिले हामी केहि कुरामा प्रष्ट हुन जरुरी छ । हाम्रो देशमा संवैधानिक, वैधानिक नीतिगत संयन्त्रहरु छन् । त्यो भनेको हाम्रो संविधान र ऐन हुन् । यसले नै हाम्रो वैदेशिक नीतिहरुलाई मार्गदर्शक गरेको हुन्छ । यस्तै नेपाल सरकारले बनाएको राष्ट्रिय सुरक्षा नीति २०७४ र ०७६ रहेको छ । नेपालको विदेशमामिला सम्बन्धि ऐन पनि रहेको छ । यो सबैलाई एमसीसीले प्रभावित गर्छ कि गर्दैन ? प्रभावित गदैैन भनेर नै नेपाल सरकारले सम्झौता गरेको होला भन्ने मेरो बुझाइ हो । सन् २०१७ एमसीसी सरकारले सम्झौता गर्यो । मेरो विचारमा यी सबै निगोसेसनलाई प्रभावित नगर्ने भएकोले नै सरकारले साहयता लिने निर्णय गरेको हो । अब कुरो आयो यसलाई संसदबाट अनुमोदन गर्ने । यदि एमसीसी संसदबाट अनुमोदन नगर्ने हो भने पहिले सम्झौता किन गरेको ? उहि बेलामा हामीलाई चाहिँदैन भनेको भए भइहाल्थ्यो नि । हामी अनुदान सहयोग लिदैनौं भनेको भए कसैले घोक्रेठ्याक लगाउने थिएन । हामीले प्रतिबद्धता जायर गर्दै तोड्दै जाने हो भने हाम्रो विश्वासनियता कता जान्छ ? सम्झौता गर्दै जाने अनि भाग्दै जाने हो भने साना मुलुकको भविष्य अन्तर्राष्ट्रि राजनीतिमा के हुन्छ ? एमसीसीमा दुईवटा पाटो रहेको छ । एउटा सडक, अर्को विद्युत प्रशारण लाइन । यी दुबै नेपालको विकासको मोडालिटिमा रहेको छ । विद्युत उत्पादन गरी भारत र बंगलादेश पठाउनको लागि पनि ट्रान्समिसन लाइन र रोड चाहिन्छ । मेरो बुझाइमा यी दुवै सेक्टरलाई यसले समेटेको छ । मैंले नबुझेको कुरा, अहिले आएर एमसीसी आइपिएसको अंग हो भन्नु कत्तिको तुक छ ? दुनियाको कुन अनुदान रणनीति होइन । दानमा कसले के दिएको छ, त्यो मलाई बताइदिनुहोस । मैले आजसम्म पढेको र अन्तर्राष्ट्रिय राजनीति बुझेको आधारमा एक पैसा पनि निशुल्क सहयोग कसैले गर्ने वाला छैन । भगवान जीकोमा लड्डु चडाउने बेलामा पनि मेरो छोरालाई राम्रो होस भनेरै चढाउने हो। देवीको भाकल पनि यस्तै हो । अन्तर्राष्ट्रिय राजनीतिमा पनि कसैले सित्तैमा केहि दिदैन । यो सबैले राम्रोसँग बुझे हुन्छ । हामी एकातिर कुनै पनि देशको रणनीतिमा सहभागिता जनाउँदैन भन्ने अर्को तिर चीनको बिआरआइ रणनीतिमा हस्ताक्षर गर्ने ? यस्तो हुनु भएन । अहिले मुलुक अदुरदर्शी नेताको कारण ‘स्ट्राटिजिक डाइनामोमा’ फस्दै गएको जस्तो लागेको छ । अन्तर्राष्ट्रिय पोलिसी, रणनीतिलाई कसरी व्यबस्थापन गर्ने भन्ने सन्दर्भमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यलय, संसदको विदेश मामिला समितिमा गम्भिर छलफल भएको पाइएन । अहिले एमसीसीलाई नेपालको संसदबाट अनुमोदन नगर्ने कुनै कारण मैले देखेको छैन । यदि नगर्ने हो भने अमेरिकासँग नेपालको सम्बन्ध कसरी परिभाषित गर्ने ? त्यसबारे सरकारले सोच्नुपर्छ । अब सरकरले कुनै पनि अनुदान सम्झौता गर्दा निश्चित मापदण्ड बनाएर गर्नु पर्छ । कुनै सम्झौता गर्नु अघि सार्वजनिक बहस र छलफल गर्नुपर्छ । त्यसको शुरुवात एमसीसीले गरेको जस्तो लाग्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy