Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

होटेलसम्मै पर्यटकको निगरानी, अध्यागमनमा रेटिना स्क्यानर जडान

काठमाडौं । पुरानो प्रविधि र कर्मचारीको सेटिङका कारण बदनाम नेपालको अध्यागमनमा प्रविधिगत रूपमा ठूलो सुधार भएको छ । पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर जडान गरिएको छ भने हरेक यात्रुको रेटिनासहितको विवरण राख्न थालिएको छ । करिब १५ करोड रुपैयाँ खर्च गरेर अध्यागमन विभागले आफ्ना कार्यालयमा नयाँ प्रविधि जडान गरेको हो । प्रधानमन्त्री केपी ओलीले सोमबार जडान गरिएका प्रविधिको उद्घाटन गर्दै छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अब नेपाल पोर्ट नामक आफ्नै सफ्टवेयर बनाएका छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसअघि हाम्रो डाटासमेत सफ्टवेयर कम्पनीको नियन्त्रणमा हुने अवस्था थियो, अब पूर्ण रूपमा हाम्रै कर्मचारीले यसलाई चलाउने छौँ ।’ विभागले यसका लागि केही इन्जिनियर भर्ना गरिसकेको छ । ६ महिनाअघिसम्म अध्यागमनका सबै डाटा निजी कम्पनीको कब्जामा थियो ।

नयाँ सफ्टवेयरबाट होटेलसम्मै पर्यटकको निगरानी गर्न सकिन्छ । सो सफ्टवेयरमा होटेलले पर्यटकको विवरण अनिवार्य रूपमा भर्नुपर्ने नियम लागू गर्न लागिएको छ । हाल भिसाको अवधि सकिएका र अवैध रूपमा बस्दै आएका पर्यटकको कुनै जानकारी विभागलाई हुने गरेको छैन । धेरै देशका अध्यागमन प्रयोग भइसकेको आइरिस स्क्यानर पनि जडान गरिएको छ । अब हरेक यात्रुका फोटो औँठाछाप तथा आँखाको नानीको विवरण अध्यागमनसँग हुनेछ । जसअनुसार एउटाले अर्को व्यक्तिको पासपोर्ट प्रयोग गर्न पाउँनेछैनन् ।

तर, नेपाली यात्रुको विवरण राहदानी विभाग, वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग, इन्टरपोल र प्रहरीसँग समेत हुनेछ । यसले अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने विभागका अधिकारी बताउँछन् । अध्याधुनिक कम्प्युटर, सिसिक्यामेरा तथा उच्च गतिको इन्टरनेट जडान भएकाले अब मिलिसेकेन्ड पनि अध्यागमनको सर्भर ‘डाउन’ नहुने पौडेलको भनाइ छ ।

कागजपत्र नक्कली भए तत्कालै पत्ता लाग्ने
शंका लागेका कागजपत्र चेक गर्ने एफडियू ल्याबसमेत स्थापना गरिएको छ । यसबाट नक्कली पासपोर्ट, भिसा तथा कागजपत्र नक्कली भए तत्कालै पत्ता लाग्ने छ । कुनै शंकास्पद यात्रुमाथि सोधपुछ गर्नका लागि ‘आइसोलेसन रुम’ निर्माण गरिएको छ । यसअघि डेस्कमा नै सोधपुछ हुने गरेको थियो । सफ्टवेयरसँगै अध्यागमन कार्यालयको हार्डवेयर पनि फेरिएको छ । आकर्षक डेस्क स्थापना गरिएको छ । भ्रमण वर्षका लागि यात्रुलाई लाइनमा बसाउन तथा सहयोग गर्न पूर्वसुरक्षाकर्मी तथा होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई समेत करारमा भर्ना गरेर खटाइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE