काठमाडौं। सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।
आजको राजधानी दैनिकमा खबर छ - घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याउँदा नै उनको मृत्यु भइसकेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानले घटनामा पारिवारिक लेनदेन प्रमुख कारण रहेको देखाउँछ, घटनाका विषयमा अन्य पाटोबाट समेत अनुसन्धान जारी छ,’ सिराहाका एसपी चतुर्वेदीले भने । मृतक अनिताकी श्रीमान् विनोद मलेसियामा तीन वर्ष बसेर केही समयअघि मात्रै घर फर्केका थिए, विदेशबाट कमाएर पठाएको चार लाख रुपैयाँ हिनामिना गरेको भन्दै अनितालाई पैसा फिर्ता माग्न दबाब दिँदै आएका थिए ।
उनले आफूले पठाएको पैसाले ससुरा अशोककुमार यादवले सासूको नाममा ५ कट्ठा जग्गा किनेको र आफूले पैसा नपाएको भन्दै श्रीमतीलाई पैसा फिर्ता माग्न दबाब दिँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो । निरन्तरको दबाबपछि ससुराले ३ लाख फिर्ता गरे पनि बाँकी रकम फिर्ता नगरेको पाइएको छ ।
तर, मृतक अनिताका बाबु अशोकुकमारले भने आफूमाथिको आरोप सत्य नभएको बताए । उनले जग्गासहितका सम्पत्ति भागबन्डाको कुरा उठाउँदा परिवारै मिलेर आफ्नो छोरीको हत्या गरेको दाबी गरे । यो घटना अंशबन्डाको विवादका कारण भएको हो, जेठो दाइको नाममा रहेको जग्गासहितका सम्पत्ति भागबन्डा गर्ने कुरा छोरीले नै उठाएकी थिइन् । यसैकारण परिवार नै मिलेर हत्या गर्ने योजनासहित आगो लगाए,’ अशोकले भने ।
अनिताले घाइते अवस्थामा विराटनगर अस्पतालमा रहँदा नै श्रीमान्सहित परिवारले मिलेर पेट्रोल छर्केर आगो लगाइदिएको बयान दिएको समेत उनले दाबी गरे । छोरीले विराटनगर अस्पतालमा प्रहरीलाई दिएको बयानमा परिवार नै मिलेर आगो लगाएको भनेकी छन, अरु हामीलाई थाहा छैन, हामीले छोरी गुमायौं,’ अशोकले थपे ।
तर, अनिताको घर पक्षले भने माइती पक्षलाई नै घटना हुनुको मुख्य कारण देखाएको छ । उनका श्रीमान्ले आफू विदेश रहँदा कमाएर पठाएको पैसाको श्रीमतीले हिसाब–किताब नराखेको र माइती पक्षले मनोमानी ढंगबाट पठाएको पैसा हिनामिना गरेको कारण घटना भएको बताएका छन् । प्रहरीले भने घटनामा अन्य व्यक्तिगत कारणसमेत रहेको हुन सक्ने बताएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: