काठमाडाैं । चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । जसमध्ये हुबेई प्रान्तमा सबैभन्दा बढि ७६ जना मानिसहरुको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चीनमा फैलिएको कोरोनाको आतंक पछिल्लो समय उत्तर अमेरिकासम्म पुगेको छ । अमेरिकामा मात्रै ५ जना बिरामी भेटिएका छन् ।
चीनका १६ भन्दा बढि शहर लकडाउन
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ७६९ जना नयाँ बिरामी देखिएका छन् । कोरोनाबाट सोमबारसम्म २,४५४ भन्दा बढि मानिसहरु संक्रमित भएको उल्लेख छ । यसमा हुबेई प्रान्तमा सबैभन्दा बढि १,४२३ व्यक्ति संक्रमित देखिएका छन् ।
चीनले कोरोनाभाइरसको रोकथामका लागि बुहान शहरलाई पुरै लकडाउन गरिदिएको छ । साथै चिनियाँ सरकारले १६ अन्य शहरमा पनि सार्वजनिक यातायात सेवा बन्द गरिदिएको छ ।
जनावर र मासु बेचबिखन गर्न बन्द
कोरोनाभाइरसबाट बढ्दो संक्रमणलाई मध्यनजर गर्दै चीन सरकारले आइतबारदेखि जंगली जनावरको व्यापारमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । सरकारको आदेशअनुसार सबै जंगली जनावरका प्रजातिलाई बेच्न, तिनलाई ओसार–पसार गर्न र तिनको मासु व्यापार गर्न बन्द गरिएको छ । जनाइएअनुसार प्रतिबन्ध महामारी अन्त्य नभएसम्म कायम रहने छ ।
कहाँ–कहाँ देखियो भाइसरको संक्रमण ?
कोरोना भाइरसको संक्रमण विश्वभरि नै देखिएको छ । कोरोनाको संक्रमण चीनबाहेक हङकङमा ६ जना, मकाउमा ५ जना, ताइवानमा ३ जना, युरोपमा ३ जना र उत्तरी अमेरिकामा ५ जनामा देखिएको छ । कोरोनाभाइरसको पहिलो संक्रमण भएको घटना डिसेम्बरमा देखिएको थियो । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: