काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ। साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ। एमसीसी सहयोगका परियोजना अर्थ मन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसीए० नेपालमार्फत कार्यान्वयन हुँदै छन्। एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै आएको छ।
यो खर्चको सोधभर्नास्वरूप १ करोड अमेरिकी डलर ९१ अर्ब १० करोड रुपैयाँ० माग गर्दै सरकारले एमसीसीलाई पत्राचार गरेको थियो। एमसीसीले अर्थमन्त्री डा। युवराज खतिवडालाई जबाफ पठाएर सबै सर्त पालना नभएसम्म सोधभर्ना निकासा गर्न नसकिने स्पष्ट पारेको हो।
एमसीसीसँगको सम्झौतामा ६ पूर्वसर्तमध्ये अधिकांश नेपालले पालना गरिसकेको छ। एमसीसीको अनुदान सहयोगमा कार्यान्वयन हुन लागेको परियोजनालाई राष्ट्रिय गौरवका परियोजना घोषणा गर्ने, विद्युत् नियमन आयोग गठन, सरकार र एमसीसीबीच परियोजना कार्यान्वयन सम्झौता तथा बुटवल(गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भारतसँग सहमति भइसकेको छ। बुटवल(गोरखपुर अन्तरदेशीय प्रसारण लाइनका लागि नेपाल भारत संयुक्त कार्यदलको सहमतिको माइन्युट पनि सरकारले एमसीसीलाई पठाइसकेको छ। एमसीए नेपालका अनुसार एमसीसीका परियोजना अघि बढाउन अनुदान प्राप्त गर्न सम्झौतामा उल्लिखित पूर्वसर्तमध्ये संसद्बाट अनुमोदन र जग्गा अधिग्रहण तथा निर्माणस्थल खाली गर्ने काम बाँकी छ। जग्गा अधिग्रहणको काम भने परियोजना कार्यान्वयनका लागि बोलपत्र आह्वान गरी निर्माणकर्ताको छनोट हुने बीचको अवधिमा सम्पन्न गर्न सकिन्छ।
सरकारले अगस्ट २०१९ ९गत भदौ १४ भित्रै० एमसीसी अनुमोदन भइसक्ने भन्दै गत असारमा पत्राचार गरेको थियो।
एमसीसी सम्झौता संसद्बाट पारित भएपछि परियोजना कार्यान्वयन सम्झौता गर्ने पूर्वतयारी रहे पनि संसद्बाट सम्झौता पारित हुन ढिलाइ भएपछि सरकारले असोज दोस्रो साता परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेको थियो। परियोजना कार्यान्वयन सम्झौतामा अमेरिकी अनुदान सहयोगका परियोजना कसरी कार्यान्वयन गर्ने, त्यसको वित्तीय व्यवस्थापन, भुक्तानीलगायतका विषय समावेश छन्।
सम्झौता संसद्बाट अनुमोदन हुन ढिलाइ भएपछि परियोजना कार्यान्वयन सम्झौतापछि सरकारले एमसीए(नेपालको खर्चको शोधभर्ना माग गरेको हो। एमसीसीको सहयोगमा काठमाडौंको लप्सीफेदीदेखि नुवाकोटको रातामाटे, तनहुँको दमौली, नवलपरासीको बर्दघाट हुँदै भारतीय सीमा सुनवलसम्म ३१२ किमि उच्च क्षमता ४०० केभीको विद्युत् प्रसारण लाइन निर्माण र ९९ किमि सडक स्तरोन्नतिका परियोजना कार्यान्वयनयोग्य अवस्थामा छन्। कार्यान्वयन सुरु भएको पाँच वर्षमा परियोजना निर्माण सम्पन्न नभए अमेरिकी अनुदान सहयोग फिर्ता जान्छ।
परियोजना कार्यान्वयनका लागि स्थापना गरिएको एमसीए नेपालको खर्च सरकारले गर्दै आएको छ। सरकारले एमसीसी सहयोगका परियोजना कार्यान्वयनका लागि चालु आवमा करिब चार अर्ब रुपैयाँ विनियोजन गरेको छ। अमेरिकी अनुदान सँगै नेपालले पनि उल्लिखित परियोजना कार्यान्वयनका लागि १३ करोड अमेरिकी डलर खर्च गर्ने उल्लेख छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: