Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं। मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित भएको छ । यसअघि विवादित मानिएका मूलभूत विषय परिमार्जनसहित विधेयक समितिबाट पारित भएको हो । समितिले यसअघि मन्त्रालयको समिति अनुसार प्रारम्भिक प्रतिवेदनमा सोमबार दुई चरण छलफल गरेर विधेयक सर्वसम्मत पारित गरेको हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ- समितिबाट पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक प्रतिनिधि सभामा पेस हुनेछ । दुवै सदनबाट पारित भई प्रमाणीकरण भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ । समितिबाट पारित विधेयक अनुसार अब पत्रकारका रूपमा काम गर्न चाहनेले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्था विधेयकले गरेको छ । हाल पत्रकारिता गरिरहेकाको हकमा यो व्यवस्था लागू हुनेछैन ।

काउन्सिलको सदस्यमा सातै प्रदेशको प्रतिनिधित्व हुने भएको छ । मूल विधेयकको दफा ७
९घ० परिमार्जन गर्दै समितिले प्रत्येक प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा सदस्य चयनको व्यवस्था गरेको हो । हरेक प्रदेशबाट एकरएक सदस्यको प्रतिनिधित्व हुनेछ । कम्तीमा दुई महिला हुनुपर्ने व्यवस्था पारित भएको छ । प्रतिनिधित्व छापा, विद्युतीय र अनलाइन माध्यमबाट आलोपालो हुनेछ । काउन्सिलमा पत्रकारिताका प्राध्यापक वा सहप्राध्यापक मध्येबाट एक सदस्य पनि मनोनीत रहने व्यवस्थामा समितिले सहमति गरेको छ ।

समितिले प्रस्तावित विधेयकको पदाधिकारीको योग्यता सम्बन्धी व्यवस्था पनि हेरफेर गरेको छ । सहमति अनुसार अब सर्वोच्च अदालतको न्यायाधीशका लागि योग्यता पुगेको व्यक्ति अध्यक्ष हुनेछ । पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्ष योगदान पु¥याएको व्यक्ति पनि अध्यक्षका लागि योग्य हुने व्यवस्थामा समितिले सहमति गरेको छ । आमसञ्चार, कानुन, सूचना प्रविधि लगायतका क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव हासिल गरेको व्यक्ति सदस्यका लागि योग्य हुने व्यवस्थामा समितिले सहमति गरेको छ ।

प्रस्तावित विधेयकको जरिवाना तथा क्षतिपूर्ति व्यवस्था विधेयकबाट हटाइएको छ । सञ्चार माध्यमका विषयवस्तुले व्यक्तिको मर्यादामा गम्भीर असर पु¥याएमा क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दा दायर गर्न सकिनेछ । काउन्सिलले आचारसंहिताको उजुरीमा खण्डन र दुवै पक्षले चाहेमा मेलमिलाप मात्र गराउनेछ । पीडितले नचाहेमा अदालत जाने विकल्प रहनेछ । यस्ता मुद्दा जिल्ला अदालतमा लाग्नेछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE