काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ। मन्त्रिपरिषद्बाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि–२०७६ पास भएसँगै मन्त्रालय शिक्षक पुनर्वितरण शुरु गरिएको हो।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - कार्यविधिमा दरबन्दी पुनर्वितरण गर्दा साविकमा रहेका प्राथमिक विद्यालय, निमावि, मावि र उच्च माध्यमिक तहलाई आधार मानेर पुनर्वितरण गर्ने जनाइएको छ। सो कार्यविधि गएको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। कार्यविधि तयार भएसँगै स्थानीय तह, पालिका, प्रदेश र जिल्लामा बढी भएका शिक्षकको पुनर्वितरण हुनेछ। शैक्षिकसत्र २०७७ सँगै सबै तहमा पुनर्वितरण हुने गरी काम शुरु गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो। कार्यविधि आएसँगै १२ हजार ८ सय २७ शिक्षकको दरबन्दी पुनर्वितरण हुनेछ।
बढी भएका पालिकाबाट कम भएका पालिकामा, कम भएका जिल्लाबाट अर्को जिल्लामा र बढी भएका प्रदेशबाट कम भएका प्रदेशमा दरबन्दी मिलान गर्ने प्रक्रिया सम्भवतः भोलि बुधबारबाट शुरु हुने जनाइएको छ। मन्त्रालयले तयार गरेको कार्यविधि केन्द्रमा पुगेको छ। दरबन्दी वितरण गर्दा सरकारले उपलब्ध गराएको प्रावि, ९महिला शिक्षा परियोजना समेत०, निमावि, मावि र उच्च माविको दरबन्दी, राहत अनुदान कोटालाई समेत गणना गर्ने, शिक्षक आवश्यकताको पहिचान गर्दा स्थानीय तहमा वित्तीय हस्तान्तरण प्रयोजनका लागि जिल्ला शिक्षा समितिले विद्यालयमा बाँडफाँड गरेको दरबन्दीलाई आधार मानेर जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको देशैभरको प्राथमिक तहको बचत हुन आउने दरबन्दी, निमावि र मावि तहमा मिलान गर्ने उल्लेख छ।
हाल देशैभर प्रावि तहको दरबन्दी बढी देखिएको छ। देशभर करिब ५५ हजार शिक्षक अपुग रहेको तथ्यांक यसअघि नै सार्वजनिक भइसकेको छ।
मन्त्रालयले पहिलोपटक दरबन्दी पुनर्वितरण भएपछि थप शिक्षकको बारेमा अध्ययन गर्ने अपुग भएको शिक्षक नियुक्तिका लागि अर्थ मन्त्रालयसँग बजेट माग गर्ने तयारी गरेको छ। प्रावि तहमा काम गरेका शिक्षकलाई योग्यता र वरिष्ठताको आधारमा निमावि तहमा पठनपाठन गर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिनुभयो।
त्यसरी दरबन्दी मिलान गर्दा अधिकांश विद्यालयमा समस्या समाधान हुने उहाँको भनाइ छ। तथ्यांकअनुसार प्रदेश १ को तेह्रथुममा ३९, वागमती प्रदेशको ललितपुरमा १ सय ४४, भक्तपुरमा १ सय ६० र काठमाडौंमा ८ सय २७ गरी १ हजार १ सय ३१ दरबन्दी बढी छ। त्यस्तै गण्डकी प्रदेशमा १ हजार ६७, कर्णालको डोल्पामा र जाजरकोटमा १२–१२ शिक्षक दरबन्दी बढी छ। मन्त्रालयले शिक्षक बढी भएका १५ जिल्लाका शिक्षकलाई अन्य जिल्लामा मिलान गर्ने तयारी गरिरहेको छ। १५ जिल्लाका १ हजार ४ सय ९३ शिक्षकलाई एक पालिकाबाट अर्को पालिकामा मिलान गर्ने भएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: