काठमाडौं । भ्रमण वर्ष २०२० का लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट सोमबार हटाइएको छ। भ्रमण वर्ष सचिवालयले यती हटाएको हो। सचिवालयले विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा राखिएको यतीको मस्कट हटाएको छ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - भ्रमण वर्षको प्रचार गर्न पर्यटक आगमन हुने स्थानमा यतीको मस्कट राखिएको थियो। संस्कृतिप्रेमी र स्थानीयले यतीको मस्कटमा कुँदिएका चित्रप्रति आपत्ति जनाएपछि सचिवालयले त्यसलाई हटाएको हो। सम्पदा क्षेत्रमा अशोभनीय चित्र कुँदिएका मस्कट राख्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्।
हनुमानढोका क्षेत्रमा राखिएको दुईवटा यतीबारे आइतबार साँझ विवाद आयो। यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्रप्रति स्थानीयले विरोध जनाएका थिए। चित्र सम्पदामैत्री नभएपछि नगर प्रहरीले ‘स्प्रे’ मार्फत सबै चित्र मेटायो। लगत्तै भ्रमण वर्ष २०२० को सचिवालयले यतीको मस्कट उक्त स्थानबाट हटाएको छ।
इन्द्रजात्रा व्यवस्थापन समिति र यसमा आबद्ध गुठी खलःले प्रेस विज्ञप्ति जारी गरी जीवित देवी देवताका अशोभनीय चित्र मस्कटमा राखिएकोमा आपत्ति जनाएको छ। नेपाल चिनाउन चित्रकारले अपनाएको शैलीप्रति समितिले विरोध गरेको हो।
समितिले भ्रमण वर्ष २०२० प्रति धार्मिक संघसंस्थाको पूर्ण समर्थन र ऐक्यबद्धता भएको प्रस्ट पारेको छ। साथै राष्ट्रका कलाकारप्रति सम्मान रहने विज्ञप्तिमा उल्लेख छ।
संविधानको धारा १७ ९२० ९१० मा जातजाति, धर्म, सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने खालका क्रियाकलाप गर्न नपाइने व्यवस्था छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा कुमारी घरका चिताइदार गौतम शाक्य भन्छन्, ‘कुमारीको आकृति अशोभनीय तवरले यतीको पिठ्यूँमा राखिएको छ। भ्रमण वर्षको प्रचार(प्रसार गर्दा धार्मिक आस्थामै प्रहार भएको छ।’
बौद्ध परिसरमा सोमबार राखिएको यती पनि हटाइएको छ। काठमाडौं महानगरपालिका(६ का वडा अध्यक्ष दीपेन्द्र लामाले विवादित यती हटाएको बताए। ‘यसले सम्पदा र संस्कृतिमा खलल पुर्याएको हाम्रो निष्कर्ष छ,’ लामाले भने, ‘कसैको धर्म र आस्थामाथि खेलबाड गर्नु उचित होइन।’
विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूपअगाडि अनेक चित्र कोरिएका यती राखिएको थियो। बौद्धका पुग्ने श्रद्धालुले यतीलाई भगवान् ठानेर ढोग्न थालेपछि मस्कट हटाइएको हो।
पाटन दरबार क्षेत्रमा राखिएको दुईवटा यती पनि हटाइएको छ। पाटन संग्रहालयका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार उक्त स्थानमा राखिएको यतीले नेपालको मौलिक पहिचान नबोकेको भन्दै आन्तरिक पर्यटकले गुनासो गर्दै आएका थिए। पाटन दरबार क्षेत्रमा पाँचवटा यती राख्ने भनिए पनि दुईवटा यतीलाई मात्र सहमति दिइएको थियो। पशुपति क्षेत्रमा पनि यतीको मस्कट राख्न रोक लगाइएको छ।
नेपाललाई विश्वभर चिनाउन काल्पनिक हिममानव यतीको प्रयोग गरिएको हो। चित्रसहित एउटा यती निर्माण गर्न ८ लाख परेको छ भने एक सय ८ यती बनाउन करिब १० करोड रुपैयाँ बजेट छुट्याइएको छ।
सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै सपिङ कम्प्लेक्समा समेत यतीको मस्कट राखेको छ। ३२ इन्च लम्बाइ र १५ इन्च चौडाइको पाइला रहेको यती विश्वमै दुर्लभ र रहस्यमय छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: