काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै भट्टराईले लोकतान्त्रिक अभ्यासमा जनप्रतिनिधि सभाको सभामुख मर्यादाक्रममा माथि हुनुपर्ने बताए ।
उनले राष्ट्रपति र उपराष्ट्रपतिपछि मर्यादाक्रममा सभामुख हुनुपर्ने बताए । ‘मर्यादाक्रममा राज्यको प्रमुख राष्ट्रपति र उपराष्ट्रपतिमाथि हुनुै पर्यो । त्यसपछिको मर्यादाक्रममा हुनुपर्ने जनप्रतिनिसभाको सभामुख हो’ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले भने, ‘सबै नीतिहरुको लोकतान्त्रिक अभ्यासको उद्गम थलो प्रतनिधिसभा हो । तर दुर्भाग्यबस हामीले अर्काको नक्कल गरेर अरुलाई माथि राख्यौँ ।’
उनले आमा भन्दा बच्चा ठूलो हुन नसक्ने भन्दै अझ कार्यपालिकाले बनाएको नीति निर्माणका व्याख्या गर्ने न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीशको समेत बरियता माथि राखिनु अशोभनीय भएको बताए ।
‘कार्यकारीणी व्यवस्थापिकाबाट जन्माउने भएकाले आमा ठूलो कि बच्चा ठूलो रु त्यतिमात्र होइन हामीले जानेर नजानेर न्यापालिकाका प्रमुखलाई समेत व्यवस्थापिका भन्दा माथि राख्यौँ । यसबाट सायद हामीले लोकतन्त्रका गरिमालाई अवमूल्य गरिराखेका छौँ । यो विषयमा ध्यान पुगोस् ।’ यो विषय सामान्य लागेपनि सांकेतिक रुपमा निकै महत्वपूर्ण रहेको पनि बताए ।
हेर्नुहोस् भिडियोमा भट्टराईले राखेको विचार
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: