Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

कोरोना भाइरस : मित्रराष्ट्रको साथ खोज्दै चीन

बेइजिङ । चीनले बेइजिङमा रहेका कूटनीतिज्ञलाई नोवेल कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो नीतिप्रति समझदारी राखिदिन आग्रह गरेको छ। विदेश मन्त्रालयले बेइजिङस्थित नेपालसहित विभिन्न मुलुकका राजदूतहरूलाई कोरोना भाइरस नियन्त्रणबारे अपनाइएको नीतिबारे विस्तृत जानकारी दिँदै यस्तो अपिल गरेको हो। चिनियाँ पक्षले भ्रमपूर्ण समाचार वा सूचनासँग सावधान रहन, कोरोना भाइरस संक्रमणका सम्बन्धमा आधिकारिक सूचना मात्र सामाजिक सञ्जालमार्फत प्रवाह गर्न आह्वान गरेको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरूले चीनमा रहेका राजदूत तथा विदेशी कूटनीतिज्ञहरूलाई नोवेल कोरोना भाइरसको नियन्त्रणसम्बन्धमा जानकारी गराएका थिए। चीनले कोरोना भाइरस नियन्त्रणका लागि उहानलगायतका सहरमा विशेष कदम चालेको छ।

यसैबीच चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले उहानमा रहेका नेपालीको सुरक्षा सम्बन्धमा छलफल गरेका छन्। उनले संक्रमण नियन्त्रणका लागि चीन सरकारले चालेको कदमप्रति नेपालको समर्थन रहेको प्रस्ट पारेका छन्। उनले हुपै प्रान्तको उहानमा रहेका नेपालीको सुरक्षाका लागि सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। चीनले हुपै प्रान्तमा रहेका विदेशीलाई स्वदेश फर्काउन नयाँ नीति जारी गरेमा तत्काल जानकारी गराइने राजदूत पौड्यालले बताए।

दूतावासमा हटलाइनको व्यवस्था

उहानमा रहेका नेपालीले कुनै समस्या आइपरेका बेइजिङस्थित नेपाली दूतावासको हटलाइनमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। दूतावास अधिकारी ‘विच्याट’ मार्फत विभिन्न प्रान्त र सहरमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा छन्। दूतावासले नेपाल सरकार तथा चीन सरकारका सम्बन्धित निकायसँग नियमित सम्पर्कमा रहेको जनाएको छ। भाइरस संक्रमण नियन्त्रणका लागि चीन सरकारको सुझाव पालना गर्न, कुनै समस्या उत्पन्न भएमा दूतावास वा हुपै सरकारको हटलाइनमा सम्पर्क गर्न नेपाली दूतावासले अपिल गरेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE