काठमाडौं । सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने । उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए । प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैयाँ बुझाएका थिए । तर, उनले पोल्यान्ड टेक्नसमेत पाएनन् । चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएका छन् ।
आजको नयाँपत्रिका दैनिकमा खबर छ - डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले वैदेशिक रोजगार विभाग धाइरहेका उनले नयाँ पत्रिकासँग भने, ‘वर्किङ भिसामा पोल्यान्ड लैजाने भन्यो । कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो । यसका लागि आठ लाख रुपैयाँ बुझाउनुपर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौँ । ऋण गरेर उसले मागेजति रकम दियौँ । लगेर हामीलाई अजरबैजान पुर्यायो । चार महिना बन्धक बनाएर राख्यो । विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौँ ।’
थापाका अनुसार बन्धक बनेका १७ नेपाली पनि उनीजस्तै पोल्यान्ड नै हिँडेका थिए । यसबापत उनीहरूले पनि दलाललाई सातदेखि आठ लाख रुपैयाँ तिरेका थिए । तर, उनीहरूले पनि त्यही दुर्गति भोगे, जुन थापाले भोगे । उनले भने, ‘मसँगै मेरै गाउँका खुम थापा पनि गएका थिए । अजरबैजानको एयरपोर्टमा उत्रियौँ । मनोजकुमार भनिने एक भारतीय एजेन्टले हामीलाई एउटा घरमा लग्यो । त्यहाँ पुग्दा त हामीजस्तै पोल्यान्ड हिँडेका १७ भाइ भेट्यौँ । जो पछि हामीसँगै बन्दी बने ।’
विमानस्थल पुगेपछि अजरबैजानको बिजनेस भिसा हातमा
पाल्पा तानसेनका २७ वर्षीय शशी ज्ञवाली र विजय कार्कीको पीडा पनि थापाको भन्दा फरक छैन । उनीहरू पनि प्रतिमहिना पाँच सय युरो कमाउने दलालको प्रलोभनपछि पोल्यान्ड जान राजी भए । यसका लागि प्रतिव्यक्ति आठ लाख दलाललाई बुझाए । वर्किङ भिसामा पोल्यान्ड जाने मनस्थितिमा रहेका उनीहरू तब झस्के, जब हातमा अजरबैजानको बिजनेस भिसा पर्यो । तर, त्यसवेलासम्म उनीहरू दलालको जालमा फसिसकेका थिए ।
चार महिनाको बन्धक जीवनपछि अजरबैजानबाट भागेर नेपाल आएका ज्ञवालीले भने, ‘वर्किङ भिसामा लैजाने भनेको थियो । हामी त्यही मनस्थितिमा थियौँ । जब विमानस्थल पुग्यौँ, हाम्रो हातमा भिसा पर्यो । हेर्दा पोल्यान्डको नभई अजरबैजानको रहेछ । त्यो पनि वर्किङ नभई बिजनेस । छाँगाबाट झरेझैँ भयो । तर, विकल्प थिएन, किनकि रकम दलालको हातमा परिसकेको थियो । दुबई हुँदै अजरबैजान पुग्यौँ । चार महिनाको बन्धक जीवनपछि बल्ल बाँचेर नेपाल फक्र्यौं ।’
काभ्रे रोसीका गुणराज लामाद्वारा ३५ भन्दा धेरै युवासँग करोड ठगी
पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर युवा अलपत्र पार्ने काभे्र रोसीका ३८ वर्षीय राजकुमार भनिने गुणराज लामा हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनको गिरोहले आकर्षक तलबमा पोल्यान्ड लैजान प्रलोभन दिएर ३५ जनाभन्दा धेरै युवा ठगेको छ । जसमध्ये १५ पीडितले जाहेरी दिएका छन् । झन्डै एक करोड रुपैयाँ ठगिएको जाहेरीमा उल्लेख छ ।
महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पर्ने लामा पक्राउ परेको र उनीविरुद्ध जाहेरी आउने क्रम जारी रहेको बताए । ‘पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पारेको अभियोगमा राजकुमार भनिने गुणराज लामा पक्राउ परेका छन् । उनीविरुद्ध जाहेरी आउने क्रम जारी छ । अनुसन्धान भइरहेको छ ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: