काठमाडौं । तपाईंले केहि अनौठा रेष्टुरेण्टको बारेमा थाहा पाउनु भएको होला । पानीभित्र बनेको रेष्टुरेण्ट अनि त्यहाँ मानिसहरुले डिनर गरिरहेको । हिउँको थुप्रोबीच भव्य डिजाइनसहित बनेको रेष्टुरेण्ट अनि त्यहाँ मानिसहरुले खाजा खाईरहेको ।
आज हामी तपाईंलाई त्यस्तै अनौठो रेष्टुरेण्टको बारेमा बताउन जाँदै छौं । त्यो अनौठो रेष्टुरेण्ट जहाँ बोल्न पुरै प्रतिबन्ध छ । मानिसहरु खान पिउनको लागि अर्डर इशाराले गर्दछन् ।
चीनको ग्वांगझुमा खुलेको यो रेष्टुरेण्ट विश्वकै अनौठो रेष्टुरेण्टमा पर्दछ । जसलाई मानिसहरु ‘साइलेन्ट क्याफे’ भनेर पनि भन्दछन् । यो चीनको एकमात्र यस्तो रेष्टुरेण्ट हो जहाँ इशाराले अर्डर दिइन्छ र त्यही अनुसारको खाना तपाईंको लागि आइपुग्छ ।
यो रेष्टुरेण्टको खास कुरा, ग्राहकहरु मेन्युमा भएको नम्बरका आधारमा इशाराले अर्डर गर्दछन् । जुन केहि मिनेटमै तपाईंको अगाडि आइपुग्छ ।
जनाइएअनुसार यदि तपाईंको अर्डरलाई ग्राहकले नबुझेको खण्डमा नोट प्याडमा लेखेर दिन सकिन्छ । अनौठो त के छ भने यो रेष्टुरेण्टमा ग्राहक र कर्मचारीबीच डिजिटल संचार प्रविधिको प्रयोग गरि कुराकानी हुन्छ ।
अनौठो रेष्टुरेण्टको भित्तामा सांकेतिक चिन्हहरुको संकेत राखिएको छ । जुन चिन्हको प्रयोग गरि तपाईं सजिलोसँग आफ्नो अर्डरबारे जानकारी गराउन सक्नुहुन्छ ।
जनाइएअनुसार रेष्टुरेण्टमा ३० जना कर्मचारी काम गर्दछन् । जहाँ काम गर्ने ३० कर्मचारीमध्ये १४ कर्मचारी सुन्न सक्दैनन् । यो रेष्टुरेण्टको महत्व नै बोल्न र सुन्न नसक्ने व्यक्तिलाई पनि कामको अवसर दिनु हो । एजेन्सीको सहयोगमा
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: