काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कुनै सैन्य गठबन्धनसँग नजोडिएको नेपाल सरकारले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन मार्फत् यस्तो जानकारी दिएका हुन् ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - सञ्चार मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी संसद्को पूर्ण बैठकबाट छिट्टै पारित हुने बताए । उनले एमसीसीमा सैन्य गठबन्धन जोडिएको छ भनेर ‘स्याल हुइयाँ’ गर्न आवश्यक नरहेको भनाइ राखे ।
‘हामी कसैको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ’, उनले भने, ‘हाम्रोमा विद्युत् उत्पादन अब धेरै हुन्छ, बजार चाहिन्छ, विद्युत् बजार विस्तारका लागि भारतसँग स्वीकृत लिएका छौं ।’ एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित भए त्यो बुँदा खुलाउनसमेत मन्त्री बाँस्कोटाले चुनौती दिए । नेकपा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लिखित अमेरिकाको इन्डो प्यासिफिक रणनीति चीनलाई घेर्ने उद्देश्य भन्ने लाइनमा सरकारको असहमति रहेको उनले प्रस्ट पारे ।
‘नेकपाभित्र थुप्रै विचार छन् । पार्टीमा विभिन्न विचार आउन पनि सक्छन् तर हामीलाई कुनै शक्ति राष्ट्रको गठबन्धनसँग चासो छैन’, उनले भने, ‘सरकार र पार्टी फरक कुरा हो । पार्टीमा विभिन्न विचार र दृष्टिकोणबारे छलफल हुन सक्छ तर सरकारको नीति एउटै हुन्छ ।’ बाँस्कोटाले भेनेजुयला प्रकरणमा एउटा विज्ञप्ति निकाल्दा समस्या परेकोसमेत स्वीकार गरे । ‘हामीले नचाहिएका कुरा उठाएर जबरजस्ती स्थापित गर्न खोज्नु हुन्न, शक्ति राष्ट्रलाई उचाल्ने–पछार्ने पनि होइन’, उनले भने, ‘एउटा वक्तव्य दिँदा के भयो ? ’
इन्डो प्यासिफिक शब्द चर्चामा आउनुअघि नै एमसीसी नेपालमा आइसकेको बाँस्कोटाले दाबी गरे । ‘इन्डो प्यासिफिक शब्द सुनेको कहिलेदेखि हो ?सायद अमेरिकी राष्ट्रपति ट्रम्पको भियतनाम भ्रमणका बेलातिर होला जस्तो लाग्छ’, उनले भने, ‘हामीले जतिबेला यो सम्झौता गर्यौँ त्यतिखेर एमसीसी मात्रै थियो इन्डो प्यासिफिक थिएन ।’ संसद् सुरु भएसँगै एमसीसी पेस हुनेसमेत बाँस्कोटाले बताए । ‘संसद्मा लगिसक्यौं, अब संसद् जहिले सुरु हुन्छ तब पेस हुन्छ, यो कार्यान्वयनमा गइसक्यो ।’ पार्टी केन्द्रीय कमिटी बैठकबाट समेत पारित भएर एमसीसी अघि बढ्ने बाँस्कोटाको दाबी छ । ‘प्रधानमन्त्रीले पनि स्पष्ट भन्नुभएको छ, यो पास हुन्छ, संसद्ले पास गर्छ, केन्द्रीय कमिटीले यो पास गर्छ, त्यति हो कुरा’, उनले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: