Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

सरकारले भत्काइदिए पनि स्थानीयले बनाइहाल्छन् छाउगोठ

अछाम । अछाम साँफेबगर नगरपालिका–१४ पातलकोटकी रम्बा थापाको छाउगोठ गत महिना जनप्रतिनिधि र स्थानीय मिलेर भत्काए । उनको परिवारले फेरि छाउगोठ बनाएको छ । ‘घरनजिकै मन्दिर छ, छाउगोठ भत्काएपछि सर्प आयो । घरनजिकै फराकिलो गोठ बनाएका छौं,’ उनले भनिन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - मोतीकला थापाले पनि पुरानो छाउगोठ भत्काएपछि ४० हजार खर्च गरी नयाँ बनाइन् । त्यो पनि ३ दिनअघि जनप्रतिनिधि र प्रहरीको टोलीले भत्कायो । उनले भनिन्, ‘पुरानो गोठ भत्काए, गाउँमा गोठ भत्काउन आउनेले घरनजिकै बस्न–सुत्न मिल्ने खालको नयाँ बनाउँदा हुन्छ भनेपछि ४० हजार खर्च गरेर बनाएँ ।’

घर सानो भएकाले सुत्ने ठाउँ नपुग्दा नयाँ छाउगोठ बनाएको उनले बताइन् । सोही गाउँकी शारदा थापाले ३० हजार खर्च गरेर नयाँ छाउगोठ बनाएकी छन् । ‘नयाँ गोठ पुरानो भन्दा राम्रो थियो, प्रहरी र जनप्रतिनिधिलाई नभत्काउनू भनेर आग्रह गर्दा पनि मानेनन् । घर साँघुरो भएपछि ऋण काढेर नयाँ बनाएँ’, उनले भनिन् । पातलकोट गाउँ छाउगोठ मुक्त घोषणा हुने तयारीमा छ । वडामा यसअघि १ सय २० छाउगोठ भत्काइएको थियो । एक महिनापछि अनुगमन गर्दा १७ वटा नयाँ छाउगोठ भइसकेको फेला पर्‍यो ।

नयाँ गोठ पनि प्रहरीले भत्काइसकेको छ । प्रहरी पुराना छाउगोठ भत्काउँदै हिँडेको छ । तर स्थानीय घरनजिकै धमाधम बनाइरहेका छन् । साँफेबगर नगरप्रमुख कुलबहादुर कँुवरले पुराना छाउगोठ भत्काएको एक महिनामा महिनावारी भएका बेला बस्नकै लागि पुनर्निर्माण गरिएका १७ गोठ भत्काइएको बताउँछन् । उनले भने, ‘पुराना र नयाँमा केही फरक छैन । महिनावारी भएका बेला बस्न भनेर बनाएका सबै भत्काएका छौं ।’

अछामका जनप्रतिनिधि छाउगोठ भत्काउने अभियानमा केन्द्रित छन् । नगरको महत्वपूर्ण कामबाहेक अन्य काम थाती राखेर कुप्रथा अन्त्य गर्ने अभियानमा लागेको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका वडाअध्यक्ष कृष्ण बुढाले बताए । उनले भने, ‘टोलटोलमा पुगेर जनचेतना सँगसँगै गोठ भत्कायौँ। कतिपय कुट्नसमेत आए । गाली खायौं, तर पनि अभियानमा लागेकै छौं ।’

मंसिरमा छाउगोठमा ज्यान गुमाएकी पार्वती बुढा रावतको टोल सिद्धेश्वर डिक्रेनी एक साताअघि छाउगोठ मुक्त घोषणा भएको छ ।

बझाङमा पनि उस्तै

बझाङमा पनि प्रशासनले भत्काएको छाउगोठ फेरि बनाउन थालिएको छ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडराय गोर्खाली गाउँका वंश खड्काले बुहारी सुत्केरी हुने समय नजिकिएकाले गोठ बनाइरहेको बताए । उनको घरमा रहेको सुत्केरी र महिनावारी हुँदा बस्ने छाउगोठ केही दिनअघि प्रहरी प्रशासनले भत्काएको थियो ।

‘छाउगोठ भत्काएपछि बुहारीलाई कहाँ राख्ने भन्ने चिन्ताले बनाएका छौं’, खड्काले भने ।

बझाङमा सुत्केरी महिला १९ दिनसम्म छाउगोठमा बस्ने चलन छ । छाउगोठमा बस्ने सुत्केरी बीसौँ दिन नुहाईधुवाई गहुँत खाई घर प्रवेश गर्छन् । लत्ताकपडा, शरीर र नवजात शिशुको शरीरमा पनि गहुँत छर्केपछि सुत्केरी शुद्ध भएको मानेर घरभित्र प्रवेश गराउने प्रचलन छ । प्रहरीले यो गाउँमा १५ वटा छाउगोठ भत्काएको थियो । छाउगोठ भत्काए पनि गाउँलेले सुत्केरी र महिनावारी हुने महिलाका लागि घरनजिकै वैकल्पिक छाउगोठ बनाइरहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE