Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव यसकारण बिफल हुने सम्भावना बढ्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट)ले चाँडो टुङ्ग्याउने बिहीबारको सुनुवाईले देखाएको छ । सिनेटमा बहुमत रहेको रिपब्लीकन पार्टीले ट्रम्पलाई समर्थन गरेका कारण उनी निर्दोष हुने सम्भावना पनि बढाएको हो । महाभियोगको सुनुवाईमा नयाँ साक्षीहरू झिकाउने डेमोक्र्याट पार्टीको आग्रहलाई सिनेटले अस्वीकार गरेका कारण महाभियोगको सुनुवाई चाँडै सकिन लागेको हो ।

डेमोक्र्याटले ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई साक्षीका रुपमा सिनेटमा आमन्त्रण गर्न खोजेका थिए तर रिपब्लिकन पार्टीआबद्ध सिनेटरहरुले महाभियोग राजनीतिक पूर्वाग्रहबाट आएकाले अब “थप साक्षीहरु आवश्यक छैन” भन्दै प्रतिबाद गरेका थिए । यद्यपी थप साक्षीहरु झिकाउने हो वा होइन भन्ने बारेमा शुक्रबार सिनेटमा मतदान हुनेछ ।

यदि शुक्रबार ट्रम्पका प्रमुख सहयोगी बोल्टनलाई साक्षीका रुपमा सुनुवाईमा बोलाउने प्रस्ताव खारेज गरियो भने सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले महाभियोगको आरोपका सम्बन्धमा जतिसक्दो चाँडो सिनेटमा मतदान गर्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी संविधान अनुसार राष्ट्रपतिलाई पदबाट हटाउन दुई तिहाई बहुमत ९वा ६७ जना सिनेटरहरू० आवश्यक छ, तर सिनेटमा हाल ५३–४७ ले रिपब्लिकन बहुमतमा रहेको छ । रिपब्लिकन पार्टीका सिनेटरहरुले ट्रम्पलाई समर्थन गरिरहेकाले उहाँलाई निर्दोष ठहराउने निश्चित छ ।

बोल्टनको प्रकाशोन्मुख पुस्तकमा आफूलाई व्यक्तिगत रूपमा ट्रम्पले युक्रेनलाई सैनिक सहायता दिन मञ्जुर गरेको लेखेको बताइएको छ जसको बदलामा डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनका छोराको युक्रेनमा भइरहेको आर्थिक कारोबारको अनुसन्धानमा गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको शंका छ । यही कारण बोल्टनका कुरा सुन्न डेमोक्र्याटहरू मुख्य रुपमा विशेष उत्सुक थिए ।

अमेरिकी राष्ट्रपतिले शक्तिको दुरुपयोग र डेमोक्र्याटिक पार्टीको बहुमत रहेको प्रतिनिधिसभाका कारबाहीलाई निरन्तर अवरोध र अवमूल्यन गरेको डेमोक्र्याट पार्टीको अभियोग छ ।

डेमोक्र्याटिक पार्टी सिनेटमा अल्पमतमा रहेकाले नयाँ साक्षी झिकाउन उनीहरुलाई थप चार रिपब्लिकन मत चाहिन्छ । तर धरमर ठानिएका टेनेसी राज्यका रिपब्लिकन सिनेटर लामार अलेक्ज्याण्डरले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै अरु धेरै प्रमाणको आवश्यकता नरहेको बताएका छन् ।

“राष्ट्रपतिले विदेशी नेतालाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छानबिन गर्न र उक्त अनुसन्धानलाई प्रोत्साहित गर्न अमेरिकी सहयोग रोक्न आग्रह गर्नु अनुपयुक्त थियो,” अलेक्ज्याण्डरले भने।

“तर संविधानले सिनेटलाई यतिकै आधारमा राष्ट्रपतिलाई पदबाट हटाउने र आगामी राष्ट्रपति चुनावमा उठ्न नपाउने गरी प्रतिबन्ध लगाउने सक्दैन ।”

मेन राज्यका अर्का रिपब्लिकन सिनेटर सुसन कोलिन्सले थप साक्षी झिकाउन कुरालाई समर्थन गर्ने बताए तर युटाहाका सिनेटर मिट रोम्नीले आफू पनि बोल्टनका कुरा सुन्न तत्पर रहेको बताएका छन्।

अर्का अस्थिर रिपब्लिकन सदस्य – अलास्काकी लिसा मुरकोव्स्कीले शुक्रबार बिहान आफ्नो निर्णय घोषणा गर्ने बताएका छन् ।

सिनेटमा बराबरी अर्थात् ५०–५० रहेको अवस्थामा सुनुवाईको अध्यक्षता गरिरहनु भएका अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले के गर्नु हुन्छ भन्ने पक्ष महत्वपूर्ण हुनेछ । यदि उहाँले साक्षी झिकाउने प्रस्ताव अस्वीकार गरेमा थप साक्षी बोलाउने प्रस्ताव असफल हुनेछ ।

पूर्णतया पक्षपाती महाभियोग

मुख्य डेमोक्र्याटिक अभियोजक एवं प्रतिनिधिसभाका सांसद एडम सिफले बिहीबार रिपब्लिकन सिनेटरहरु समक्ष नयाँ साक्षी झिकाउने बारेमा एक हप्ताको म्यादका लागि अनुरोध गरेका थिए।

क्यालिफोर्नियाका सभासद् सिफले यस ऐतिहासिक परीक्षणमा न्यायाधीशको रूपमा बसिरहेका १०० सिनेटहरुलाई भने, “अब हामी एक हप्ताको समय मात्र लिन चाहन्छौं ।”

सुनुवाईमा उपस्थित राष्ट्रपति ट्रम्पको प्रतिरक्षा टोलीले थप साक्षीहरूका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको थियो ।

“ट्रम्प विरुद्धको प्रस्ताव नै पूर्वाग्रही थियो,” व्हाइट हाउसका उपसल्लाहकार प्याट्रिक फिलबिनले भने, “ट्रम्प विरुद्धको पहिलो प्रस्ताव नै असफल भइसके पछि थप साक्षीहरु किन चाहियो ?”

ह्वाइट हाउसका सल्लाहकार प्याट सिपोलोनले ट्रम्प विरुद्धको अभियोगहरु स्वतः निस्क्रिय भइसकेको र यो मुलुकका लागि राम्रो हो भने ।

उनले मतदाता ९सिनेटले होइन०ले आगामी नोभेम्बरको राष्ट्रपति चुनावमा ट्रम्पको भाग्यको फैसला गर्नेछन् भने ।

ट्रम्पको प्रतिरक्षा टोलीले महाभियोग राजनैतिक हिसाबले ल्याइएको दाबी गरेका छन् । राष्ट्रपतिसँग कुनै व्यक्ति विशेषका सम्बन्धमा छानबिन र अनुसन्धान गर्न पाउने कानुनी अधिकार रहेको उनीहरुको भनाई छ ।

राष्ट्रपतिले युक्रेन मामिलामा बारम्बार गलत कार्यलाई अस्वीकार गरेका छन् । उनले महाभियोगको समग्र प्रक्रियालाई राजनैतिक हिसाबले सञ्चालित र निर्वाचित राष्ट्रपतिलाई “अपमान” गर्न उद्यत रहेको बताएका छन्।

आयोवाको डेस मोइन्समा बिहीबार एउटा चुनावी सभामा बोल्दै ट्रम्पले भने, “हामी हाम्रो देशको इतिहासमा सबभन्दा राम्रो काम गरिरहेका छौं तर मेरै विरुद्धमा महाभियोग लगाइन्छ ।”

नोभेम्बरको राष्ट्रपति चुनावमा ट्रम्पको सामना गर्न डेमोक्र्याट पार्टीले सोमबार आयोवामा पार्टीका उम्मेदवार छनौट गर्न पहिलो मतदान गर्दैछन् ।एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending