काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काउने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकमध्ये संक्रमण नभएका आफ्ना नागरिकलाई मात्र सरकारले स्वदेश फिर्ता गर्न लागेको हो । संक्रमण तीव्र गतिमा फैलँदै गएपछि सरकारले यो निर्णय गरेको हो ।
आजको राजधानी दैनिकमा खबर छ - चीनस्थित नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दै हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने जनाएको छ । त्यहाँ रहेका नेपालीले आफू असुरक्षित रहेको भन्दै सरकारलाई नेपाल फर्काउन आग्रह गर्दै आएका थिए । नेपाल फर्कन इच्छुकले आज आइतबार बिहान ९ बजेसम्म फर्म भरिसक्नुपर्ने दूतावासले जनाएको छ । दूतावासले जारी गरेको सूचनामा नेपाल फर्कन चाहने नेपालीले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । संक्रमण भइसकेकालाई भने चीनमा नै राखेर उपचार गरिने भएको छ ।
हाल उहान प्रान्तमा १ सय ८९ जना नेपाली रहेको तथ्यांक छ । चीनको वुहान सहर क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको ‘रेस्क्यु’ गर्न जहाज तयारी अवस्थामा रहेको बताए । उनले नेपाल एयर लाइन्स र हिमालय एयरलाइन्सका दुईवटा जहाज तयारी अवस्थामा रहेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार वुहानमा रहेका नेपालीलाई उद्धारपछि नेपाली सेनाको ब्यारेक, ट्रेनिङ सेन्टर वा विद्यालयमा सुरक्षित तरिकाले राख्नका लागि अन्तरमन्त्रालय र समितिहरूमा छलफल चलिरहेको छ । ‘वुहानमा रहेका नेपाली सुरक्षित छन् । नेपाल सरकारले उनीहरूलाई ल्याएपछि कहाँ राख्ने भन्ने विषय छलफलमा छ । केही समय उनीहरूलाई विशेष निगरानीमा राखेपछि मात्र घर फिर्ता गर्नुपर्ने हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।
उद्धार गरिएका नेपालीहरूलाई दुई सातासम्म अब्जरभेसनमा राख्नुपर्ने इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेक लालले बताए । उनले भने, ‘उहाँहरूलाई उद्धार गरेपछि सुरक्षित अवतरण गराउनुपर्छ । निरन्तर निगरानीमा राख्नुपर्छ । संक्रमण नभएको पुष्टि भएपछि मात्र समाजमा घुलमिल हुन दिइनेछ ।’
सरकारी अस्पतालहरूले समेत नेपालीहरूलाई ल्याइए आइसोलेसन वार्ड तयारी अवस्थामा राखिने बताउँदै आएका छन् । वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले छुट्टै आइसोलेसन वार्ड नभए पनि व्यवस्थापन गरिने बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: