Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

हङ्‌कङका अस्पतालमा हडताल, चीनसँगको सीमा पुरै बन्द गर्न माग

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमणको जोखिम घटाउन आवश्यक भएको भन्दै हङ्‍कङस्थित अस्पतालमा कार्यरत सयौँ कर्मचारीहरूले मुख्यभूमि चीनसँगको सीमा पूरै बन्द गर्न मागसहित हडताल सुरु गरेका छन्।

हङ्‌कङले सीमावारिपारि गर्ने रेल र फेरी सेवा बन्द गरिसकेको छ। तर स्वास्थ्यसेवाका कर्मचारीहरूले पूरै सीमा बन्द गर्नुपर्ने माग राखेका छन्।

अधिकारीहरूले सीमा बन्द गर्नु विश्व स्वास्थ्य सङ्गठनको सुझावविपरीत हुने तर्क गरेका छन्।

हङ्‌कङमा अहिलेसम्म १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनबाट फैलिएको उक्त महामारी अन्य देशमा पनि फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरिसकेको छ।

\'यदि सीमा पूरै बन्द भएन भने यो महामारीसँग सङ्घर्ष गर्न पर्याप्त जनशक्ति, सुरक्षा उपकरण वा आइसोलेशन (सङ्क्रमित व्यक्तलाई राख्न) कक्ष हुनेछैनन्,\' अस्पतालका कर्मचारीहरूको नवगठित सङ्गठनकी अध्यक्ष विनी यूले भनिन्।

सोमवार अत्यावश्यक सेवाबाहेकका सयौँ स्वास्थ्यकर्मीहरू उक्त आन्दोलनमा सहभागी भए। उक्त सङ्गठनका अनुसार मङ्गलवारसम्म आफ्नो माग पूरा नभए अत्यावश्यक सेवाका चिकित्सक र नर्सहरू पनि आन्दोलनमा सहभागी हुनेछन्।

हङ्‌कङको कुल जनसङ्ख्या ७० लाख छ। चीनको भाग भए पनि हङ्‌कङमा केही स्वायत्तता छ।

हङ्‌कङ र चीनबीचको सीमा अन्य अन्तर्राष्ट्रिय सीमाजसरी नै सञ्चालित हुन्छ।

चीनले यातायात बन्द गर्नुबाहेक हङ‍्‌कङ जाने यात्रीहरूलाई प्रवेशाज्ञा दिन पनि रोकेको छ।

अहिलेसम्म चीनमा १७,००० भन्दा बढी मानिसमा कोरोनाभाइरसबाट सङ्क्रमण भएको पुष्टि भइसकेको छ। सोमवार बिहानसम्म सङ्क्रमण भएका ३६१ जनाको मृत्यु भएको तथ्याङ्क छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending