Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित गर्नेगरि विधेयक आए पास गर्दैनौं

सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयकको विरोध जसजसले गरेका छन् त्यो वास्तविकता नबुझि कराईएको स्याल हुँयामात्र हो । यो दर्ता नगरी समाचार सम्प्रेशण गर्ने, सामाजिक संजाल वा अन्य कुनै डिजिटल साइट प्रयोग गरी अरुको चरित्र हत्या गर्ने, व्यक्तिगत सम्पतिमाथि हानी नोक्सानी पुर्याउने जस्ता प्रवृत्तिलाई निरुत्साहित गरी कानून अनुसार नियमन गर्न सकारले ल्याएको विधेयक हो । यसबाट कोहि आत्तिनु पर्दैन । कोहि हतास हुनु पर्दैन । प्रचलित कानून अनुसार वकिल दर्ता हुनुपर्ने, इन्जिनियर दर्ता हुनुपर्ने, डाक्टर /नर्स दर्ता हुनुपर्याे मिडिया दर्ता हुन नहुने किन ? कानून त सबैले मान्नु पर्यो नि । पत्रकारिता पनि एउटा पेशा हो । त्यसकारण दर्ता गर्ने, नियमन गर्ने विषयलाई नकारात्मक दृष्टिले हेर्न हुँदैन । कोहि मानिसले प्रचलित कानून बमोजिम गलत काम गर्यो भने उनीहरुलाई नियमन गर्न ऐन बनाएको हो । मिडियाको नाममा सारा सम्पक्ति ध्वस्त हुनेगरी समचार सम्प्रेसण गर्यो भने के गर्ने ? मिडियाको नाममा मान्छेले अनाकमा ज्यान गुमाउने अवस्था सिर्जना भयो भने त्यसको जिम्मा कसले लिन्छ ? समाचार छापिएकै आधारमा एक जना हिरोइनले ज्यान गुमाएको होइन । यस्तो अवस्थामा पीडकलाई दण्ड जरिवाना गराई पीडितलाई उचित क्षतिपूर्ति भराउनु राज्यको दायित्व हो । गलत काम गर्नेलाई निरुत्साहन गर्न मात्रै सरकारले सूचना विधेयक ल्याइएको हो । अमेरिकाको सिआइएले नेपालमा जासुस गर्न पाउने, भारतको रअले आएर नेपालमा जासुसी गर्न पाउने, म नेपाली हुँ भन्दै नेपाली पोसाकमा ठाँटिएर जासुसिको तलबभत्ता खाने, नेपाली नागरिकता बोक्ने अनि गोप्य सूचना भारत र अमेरिकामा पठाउने व्यक्तिको टेलिफोन, मोबाइल, कम्प्युटर नेटवर्किङ, इमेल/इन्टरनेट ट्याप गर्ने कि नगर्ने ? पहिला साइबर कानून नभएर गलत गर्ने व्यक्तिलाई कारवाहि हुन सकेन । उनीहरुलाई सजायको व्यवस्था भएको छैन । प्रचलित कानून नबन्दा खराब मानिसले कसरी उन्मुक्ति पाउँछन् भन्ने कुरा पाकिस्ताको एउटा घटना सुनाउन चाहन्छु । त्यहाँ एक जना व्यक्तिले चिहानबाट लाश उतार्दै माशुलाई पिसपिस पारेर पकारएर खाएछ । स्थानीय बासिन्दाले थाहापाएपछि व्यापक विरोध भयो । जनस्तरबाट व्यापक विरोध भएपछि राज्यले त्यो व्यक्तिलाईमा लिएर मुद्दा चलायो । सम्बन्धित अदालतमा त्यस सम्बन्धी कानून नहुँदा उसले सफाय पाएको थियो । पत्रकार, नागरिक समाज, सर्वसाधारण जनताले चिन्ता गरेको जस्तो राज्यको प्रत्यक्ष नियन्त्रमा कुनै सामाजिक संजाल र मिडियालाई राख्न दिदैनौं । तपाईहरु जसरी व्यक्तिगत स्वतन्त्रा र पेशागत पत्रकारिताको सुरक्षाकोलागि चिन्तित हुनुभएको त्यतिनै हामी चनाखो छौं । हामी पनि लोकतान्त्रिक मुल्यमान्यतालाई संस्थागत विकास गर्न लडेको मानिस हो । यदि विधेयक संवैधानिक र व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध आए राष्ट्रियसभाबाट पास गर्न दिदैनौं । त्यसैले यो विधेयक केटाकेटिले आइ लभ यु भनेकोलाई ट्याप गर्न ल्याएको होइन । यसमा सबै ढुक्क भएर बसे हुन्छ । (बिँडारी नेकपाका राष्ट्रिय सभा सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies