Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

विस्फोटकको मूल्य घटायो सेनाले

काठमाडौं । नेपाली सेनाले विस्फोटक पदार्थको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएको छ। एक किलोको मूल्य १ सय ८८ रुपैयाँ कायम गरिएको सेनाले जनाएको छ। यसअघि १ सय ९८ रुपैयाँ थियो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले घटाइएको मूल्य कार्यान्वयनमा आइसकेको बताए। विभिन्न परियोजनाका सञ्चालकले सेनाले उत्पादन गरेको विस्फोटक महँगो भएको गुनासो गरेका थिए। त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्बन्धित निकायलाई मूल्य घटाउन निर्देशन दिएका थिए।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - विस्फोटकको मूल्य के कसरी घटाउन सकिन्छ भन्दै त्यसको उपाय खोज्न सैनिक कल्याणकारी कोष र सैनिक सामग्री उत्पादन निर्देशनालयलाई प्रधानसेनापति थापाले निर्देश गरेका थिए। ती निकायले निर्देशनबमोजिम मूल्य घटाउने विषयमा छलफल गरेका थिए।

सेनाले कल्याणकारी कोषको लगानीमा मकवानपुरको सुनाचुरीमा विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ। त्यसको व्यवस्थापन भने निर्देशनालयले गर्छ। इमल्सन एक्सप्लोसिभको मूल्य निर्धारण गर्न गठित बोर्डले मूल्य घटाउने निर्णय गरेको थियो। भारतबाट विस्फोटक पदार्थ आयात गर्दै आएका केही व्यवसायीले सेनाले उत्पादन गरेको विस्फोटक महँगो भएको आरोप लगाउँदै आएका थिए। सेनाले इमल्सन प्लान्टबाट विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ। सुनाचुरीमा दुई प्लान्ट सञ्चालित छन्। पछिल्लो पटक चीनबाट ल्याएको नयाँ प्लान्ट जडान भएपछि विस्फोटक पदार्थको गुणस्तर बढेको जनाइएको छ। नयाँ प्लान्टले वार्षिक २ हजार ४ सय टन विस्फोटक पदार्थ उत्पादन गर्न सक्छ।

सेनाले विस्फोटक पदार्थमा आत्मनिर्भर हुने उद्देश्यले चीनबाट नयाँ प्लान्ट खरिद गरेको हो। नेपालमा बर्सेनि ५ देखि ७ हजार मेट्रिक टन विस्फोटक खपत हुँदै आएको छ।

सेनाले परियोजनालाई तीन महिनापछि विस्फोटकसँगै २८ लाख थान डेटोनेटरसमेत उपलब्ध गराउने भएको छ। त्यसले गर्दा आयातीतभन्दा सेनाले उत्पादन गरेको विस्फोटकको मूल्यमा कमी आउने सैनिक स्रोतले जनाएको छ। विस्फोटक पड्काउन डेटोनेटर प्रयोग गरिन्छ। भारतीय कम्पनीमार्फत डेटोनेटर किन्न लागिएको सेनाले जनाएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending