Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

केपी ओली भन्छन्, ‘म तीन वर्षै प्रधानमन्त्री चलाउँछु’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन्। ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’, प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँग ओलीले भने, ‘अलि–अलि किड्नीमा समस्या छ। किन अलि–अलि समस्या राख्ने आजको जमानामा पनि रु ’

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - एउटा मिर्गौला थप्नु ठूलो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘किन किड्नी राख्न खोजेको हो भने तीन वर्ष बेस्सरी काम गर्न सजिलो होस्। अहिले भन्दा सजिलोसँग बढी काम गर्न सकियोस् भन्ने हो।’

एमाले र माओवादी एकीकरण हुँदाका बखत दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने ‘सहमति’ भएको थियो। तर अब बाँकी तीन वर्ष पनि एक्लै चलाउने विषयमा पार्टीमा कुनै विमति नरहेको दाबी प्रधानमन्त्रीको थियो। ओलीले भने, ‘पहिला त मैले प्रचण्डजीलाई भनेको थिएँ, के भयो र आलोपालो गरौंला रु आधा म चलाउँला, आधा तपाईं चलाउनुहोला। उहाँले अस्ति भर्खर भन्नुभयो कि यो त अस्थिर हुन्छ। उहाँकै प्रस्तावमा यो आलोपालो हटाइदियौं। अब निरन्तर म बाँकी अवधि मैले लाने भन्ने विधिवत् निर्णय गर्‍यांै। अब अझ सुदृढ एकतासाथ अघि बढ्छौं।’

प्रधानमन्त्री ओली पार्टीभित्रको आन्तरिक जटिलता पनि ‘स्वाभाविक’ ठान्छन्। उनले भने, ‘के छ भने पचासौं वर्ष राजनीति गरेका खली खाएका छन्। एउटाले भनेको अर्कोले मान्ने तहको छैन। एकखालको व्यक्तित्व भनांै न, म भन्दाअघि प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेकाहरू छन्। अनि यसो गरांै भनी आदेश दिन त मिल्दैन। यस्ता अलि–अलि जटिलता पार्टीमा हुन्छ नै रु ’

‘तपार्इंहरू कल्पना गर्न सक्नुहुन्छ’, उनले भने, ‘एमाले कहाँ थियो रु माओवादी कहाँ थियो रु वल्लो डाँडा र पल्लो डाँडाबाट तोप हानाहान गर्थे धुमधामसँग। म त झन् सारो तोपका गोलाका गोला ठोक्थें। त्यस्तो अवस्थामा हामी एकतामा आइपुगेका छौं। बाइचान्स यस्तो मौकाले भेट भए जस्तो होइन। सचेत अवस्थाबाट गरिएको एकता हो।’

बलिङपछिको ब्याटिङ मात्रै

केही समयअघि सरकारका राम्रा कामबारे लेख्न सम्पादकहरूसँग ‘मुटु नभएको’ भन्ने टिप्पणी प्रधानमन्त्रीबाट आएको थियो। त्यसपछि प्रधानमन्त्रीसँग मंगलबार सम्पादकहरूको पहिलो सामूहिक भेट थियो। सम्पादकहरूका मन्तव्य र प्रश्न सुनेपछि प्रधानमन्त्रीले एक घण्टा दुई मिनेट बोलेका थिए। ‘म तपार्इंहरूको आलोचनाप्रति असहिष्णु भएको होइन’, ओलीले भने, ‘तपाईंहरुले गोदिरहेपछि अलि–अलि जवाफ त हामीले पनि दिनुपर्‍यो। तपार्इंहरूले बलिङ गरेपछि हामीले पनि अलि–अलि ब्याटिङ गर्नुपर्‍यो नि। तपाईंहरूले बलिङ गरेको गर्‍यै गर्र्ने रु अनि मैले एक ब्याटिङ दिएपछि प्रेसचाहिँ शत्रु भयो भनी रिसाउनु पनि त भएन।’

ओलीले सम्पादकहरूलाई ‘अलि बढ्तै भएको’ टिप्पणी पनि गरे। उनले भने, ‘बढ्ता हुनु स्वाभाविक पनि हो किनभने तपाईंहरूले पनि लडेर ल्याएको लोकतन्त्र हो। त्यसरी ल्याएको स्वतन्त्रता भएपछि अलि–अलि ‘इन्ज्वाय’ गरिहाल्छ।’

ओलीले आफ्ना काम मन नपरे गाली गर्न आग्रह गर्दै भने, ‘तर यस्तो नहोस् कि देशको अहित हुने र अन्योलमा पर्ने खालको कुरा नजाओस्। जनताको मनोबल टुट्ने खालको नजाओस्। जनता निराश भए भने देश बर्बाद हुन्छ। जनतालाई निराशावादी हुन नदिऔं, आशावादी बनाउनुपर्छ।’

जेलबाट छुटेपछि आफू स्वतन्त्रताको उपभोग गर्न गोसाइँकुण्ड पुग्दा झन्डै मरेको भन्ने घटना पनि प्रधानमन्त्रीले सम्पादकहरुलाई सुनाए। उनले भने, ‘म चौध वर्ष जेल बसेको मान्छे। जेलबाट छुट्नेबित्तिकै स्वतन्त्रता ‘इन्ज्वाय’ गर्न गोसाइँकुण्ड जाँदा झन्डै मरेको रु चौध वर्ष जेल बसेर कुज्जिएको मान्छे गोसाइँकुण्ड लागेपछि झन्डै अमरसिंह थापाको हालत भएको रु ’

सरकारले प्रेस स्वतन्त्रता र मौलिक हक कुण्ठित पार्ने विधेयक प्रस्तुत गरेको विषयमा सम्पादकहरूले सरकारको चर्को आलोचना गरेका थिए। त्यो आलोचना प्रधानमन्त्रीले धैर्यपूर्वक सुनेका थिए। आफ्नो मन्तव्यको सुरुमै ओलीले भने, ‘म पूर्ण रूपमा आश्वस्त पार्न चाहन्छु कि किञ्न्चित पनि बन्देज हुन्न। मौलिक हक र स्वतन्त्रता सीमित पार्ने या कुण्ठित पार्ने काम हुँदैन।’

आफू ५५ वर्षसम्म स्वतन्त्रताकै निम्ति लडेको, स्वतन्त्रताको अभावमा कस्तो अवस्था हुन्छ भनी भोगेको हुँदा नियन्त्रित हुन्छ भन्ने चिन्ता नलिन प्रधानमन्त्रीले आग्रह गरेका थिए। ओलीले भने, ‘आफ्नो स्वतन्त्रता उपभोग गर्दा अरूको स्वतन्त्रता हनन गर्न हुन दिनुहुन्न। सभ्य समाजका निम्ति कानुन आवश्यक हुन्छ।’

‘एमसीसी पारित हुन्छ’

प्रधानमन्त्री ओलीले सत्तारूढ दलभित्रै बहुविवादित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ ९एमीसीसी० सम्झौता संसद्बाट छिट्टै पारित गर्ने दृढता व्यक्त गरे। उनले भने, ‘यो अनुमोदन गर्नुपर्छ, अनुमोदन हुनुपर्छ। यसै अधिवेशनबाट र छिट्टै पारित हुन्छ र पारित गरिन्छ।’

आफ्नै पार्टीभित्र ‘केही भ्रम’ देखिएको हुँदा त्यसबारे स्पष्ट हुन कार्यदल बनाएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले प्रतिवेदन आएपछि पारित गर्ने प्रक्रियामा जाने बताए। संसद्बाट सम्झौता अनुमोदन भएपछि अमेरिकाले ५० करोड अमेरिकी डलर ९करिब ५५ अर्ब रुपैयाँ० अनुदान नेपाललाई उपलब्ध गराउनेछ। त्यसमा नोपलले १४ अर्ब रुपैयाँ काउन्टर फन्ड विनियोजिन गर्नुपर्नेछ। त्यो रकम ट्रान्समिसन लाइन र सडकमा खर्च गर्ने योजना छ।

अमेरिकाले सुशासन, लोकतान्त्रिक प्रणाली हुनुपर्ने, आर्थिक स्वतन्त्रता हुनुपर्छ भनी राखेको सर्तमा नकारात्मक हुनुपर्ने कारणसमेत नभएको ओलीले बताए। ओलीले भने, ‘अमेरिकाले तानाशाहीलाई सहयोग गर्न सकिँदैन भनेको छ। सैन्य प्रयोजनका निम्ति खर्च पाइन्न भनेको छ। ट्रान्समिसन लाइन र सडकमा मात्र खर्च गर्नुपर्छ भनेको छ। यसमा नकारात्मक हुनुपर्ने कारण छैन।’

बालुवाटारमा सारंगी साँझ : ओलीले बजाए बाँसुरी
चाँडै मिर्गौला प्रत्यारोपण गर्छु : प्रधानमन्‍त्री ओली
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वासिङ्टनमा यो सम्झौता गरेका हुन्। ओलीले भने, ‘मलाई हटाएर बनेको सरकारले सम्झौता गरेको हो। ठिक सम्झौतालाई ठिक भन्नुपर्छ। मैले त्यसबेला ठिक छ भनेको हुँ र अहिले पनि ठिक छ भन्छु। हाम्रो नेपालको चलन कस्तो छ भने हामी पहिला सम्झौता सिध्याउँछौं। अन्तिममा अनुमोदन गर्ने बेलामा बहस सुरु गर्छौं।’

सम्झौताको सर्त भनेको पाँच वर्षभित्र काम सिध्याउनैपर्छ। अवधि सकिएपछि काम नसकिएको पैसा फिर्ता जानेछ। प्रधानमन्त्री ओलीले भने, ‘हामीले हतारहतारमा काम गर्नुपर्छ। जलस्रोतको धनी देश हामीलाई ट्रान्समिसन लाइन चाहिन्छ।’

सम्झौतामा उल्लिखित धेरैजसो सर्त नेपालले पूरा गरिसकेको छ। संसदीय अनुमोदनसँगै कार्यक्रम अघि बढ्नेछ। संसद्बाट अनुमोदन नभएका कारण त्यसमा खर्च भइसकेको रकमको सोधभर्ना समेत नेपालले पाउन सकेको छैन। एमसीसीका आलोचकहरूले ‘भारतसँग किन सम्बन्धित भयो रु ’ भनी प्रश्न उठाइरहेका छन्। प्रधानमन्त्री ओलीले भने, ‘भारतमा बिजुली निर्यात गर्न ट्रान्समिसन लाइन बन्ने हो। सुनौली–गोरखपुर लाइनको सम्झौता भइसकेको छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE