काठमाडौं। छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन ठोस कदम चाल्न नसकेको भन्दै प्रतिपक्षी सांसदले सरकारको आलोचना गरेका छन्। प्रतिनिधिसभा बैठकमा सोमबार शून्य समयमा बोल्दै प्रतिपक्षी दलका सांसदले नेपालमा कोरोना भित्रिन नदिन र चीनमा रहेका नेपालीको उद्धार तथा उपचारका लागि सरकारले ठोस पहल नगरेको आरोप लगाएका हुन्।
आजको नागरिक दैनिकमा खबर छ- सांसद दिलेन्द्रप्रसाद बडुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धार र उपचारका निम्ति सरकारको योजना के छ भन्ने प्रश्न गर्दै संसद्लाई जानकारी दिन सरकारसँग माग गरे। ‘संक्रमित क्षेत्रमा नेपालीको संख्या कति छ र उनीहरूको अवस्था कस्तो छ,’ उनले भने, ‘नेपालमा सरकारले भरपर्दो र सुरक्षित उपचार गर्ने व्यवस्था के छ रु’
सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरसबाट विश्वमा २० हजारभन्दा बढी संक्रमित भएको उल्लेख गर्दै सरकारले नेपालमा क्वारेन्टाइनको व्यवस्था गर्न नसकेको बताए। सांसद देवेन्द्रराज कँडेलले नेपालमा कोरोना भाइरस छिर्न नदिन सरकारले कदम चाल्न नसकेको आरोप लगाए।
सांसद प्रकाश रसाइली स्नेहीले कोरोना भाइरसलाई नेपालभित्र छिर्न नदिने नेपालबाट चीन जाने र चीनमा ट्रान्जिट भएर नेपाल आउने विमानसेवा केही अवधिका लागि बन्द गर्न सुझाए। नेपालमा कोरोना भाइरस फैलियो भने धान्न नसकिने अवस्था आउने भन्दै उनले समयमै सावधानी अपनाउनुपर्नेमा सरकारले चासो नदिएको गुनासो गरे। समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट ल्याउने विद्यार्थीलाई राख्ने ठाउँ नभए जग्गा कब्जा गरेको हायात होटलमा राख्नुपर्ने बताए। उनले पनि सरकारले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए।
जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले चीनबाट नेपाल फर्किन चाहनेलाई त्यहाँको दूतावासमा फारम भर्न लगाएको र १ सय ८० जनाले स्वदेश फर्किन चाहेको जानकारी दिए। चीनमा परीक्षण गरेर संक्रमित नभएकालाई मात्र स्वदेश फिर्ता ल्याउने तयारी सरकारले गरेको सुनाउँदै मन्त्री ढकालले परीक्षणका क्रममा पोजेटिभ भेटिए चीन सरकारले नपठाउने बताए। ‘वुहानमा एयरपोर्ट बन्द गरिएको छ भने सार्वजनिक यातायात पनि चल्दैन,’ उनले भने, ‘त्यसैले चीन सरकारको समन्वयमा मात्र नेपालीहरूलाई उद्धार गर्न सकिन्छ।’
नेपाल आएकालाई १४ दिनसम्मको परीक्षणबाट भाइरस नभएको प्रमाणित भएपछि मात्र आफन्तसँग भेटघाटमा पठाइने गरी सरकारले तयारी गरेको उनले बताए। चीनबाट फर्काइएकाहरुलाई राख्ने ठाउँमा सकेसम्म एकजनालाई एउटा कोठामा र सम्भव नभए कम्तीमा ६ फिट टाढा राख्ने जनाउँदै उनले फिर्ता ल्याइएका नेपालीलाई राख्ने ठाउँबारे सरकार टुंगोमा पुग्न बाँकी रहेको बताए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: