Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्रहरी बढुवामा सर्वोच्चको आदेश अवज्ञा

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक ९डिआइजी०को पद रिक्त भएको एक महिना नबित्दै बढुवा भइसकेको छ । नेपाल प्रहरीमा भने वरिष्ठ अधिकृत तहका दर्जनौँ पद रिक्त भएको महिनौँ बित्दा पनि बढुवा हुन सकेको छैन । सर्वोच्च अदालतले पद रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई दुई वर्षअघि निर्देशन दिएको थियो । तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको थियो । तर, सो आदेशको गृह मन्त्रालयले अवज्ञा गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ हाल नेपाल प्रहरीमा एक डिआइजी, नौ एसएसपी, १५ एसपीको तथा ४५ डिएसपीको पद रिक्त छन् । महिनौँदेखि रिक्त रहेका पदमा बढुवा नहुँदा एकातर्फ प्रहरीको कामकारबाही प्रभावित भएको छ भने अर्कोतर्फ प्रहरी अधिकारीहरूको करिअरमा समेत असर पुगेको छ । यसले संगठनमै नैराश्यता बढाएको प्रहरी अधिकारीहरू बताउँछन् ।

रिक्त भएको तीन महिनाभित्र बढुवा हुनुपर्ने प्रावधान भए पनि एसएसपीको दरबन्दी १० महिनादेखि रिक्त छ । विश्वराज पोखरेललाई सरकारले गत वैशाखमा डिआइजीमा बढुवा गरेको थियो । रिक्त पदमा बढुवा हुन सकेको छैन । क–कसलाई बढुवा गर्ने भन्ने विवादका कारण बढुवा सिफारिस हुन नसकेको हो । प्रहरीको बढुवामा अत्यधिक चलखेल हुने भएकाले नियमित रूपमा बढुवा हुने गरेको छैन ।

आइजिपीको म्याद थप्न अस्वीकार
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल एक साता मात्र बाँकी रहँदा नयाँ नेतृत्वबारे निर्णय गर्न नसक्दा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । एकातर्फ महानिरीक्षक खनाल आफ्नो कार्यकाल थपको लबिङमा लागेका छन् भने डिआइजीहरूको पनि दौडधूप बढेको छ । खनाललाई म्याद थपको प्रस्ताव भने असफल भएको छ ।

प्रधानमन्त्रीनिकट केही व्यक्तिले सोमबारको मन्त्रिपरिषद् बैठकबाट खनालको कार्यकाल थप गर्ने निर्णय गराउन खोजेका थिए । तर, प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको स्रोत बताउँछ । अबको आइजिपी पाँच महिनाको छोटो अवधि हुने र संगठनमा त्यसको नकारात्मक असर पर्ने भन्दै खनाल म्याद थपको लबिङमा लागेका थिए । तर, सर्वोच्च अदालतले अवकाशसम्बन्धी प्रावधान नियमावलीमार्फत हेरफेर नगरी ऐनमै व्यवस्था गर्न निर्देशन दिएको थियो । त्यसकारण पनि कार्यकाल थप गर्न नमिल्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । महानिरीक्षक खनालको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेकाले पनि कार्यकाल थपमा उनले चासो नदिएको स्रोत बताउँछ । ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE