बेइजिङ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
प्राप्त समाचारअनुसार थाइ विदेशमन्त्री डोनले बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँगको फोनवार्ताका क्रममा सो विश्वास व्यक्त गरेको हो । चिनियाँ विदेशमन्त्री यीसँगको फोनवार्ताका क्रममा बुधबार बिहान थाइ विदेशमन्त्री डोनले यस्तो संकटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिएका थिए ।
त्यस क्रममा उनले चीनलाई यस्तो अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाइ सरकार तत्पर रहेको पनि बताएका थिए ।
चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले मङ्गलबार बताएको थियो ।
डब्लूएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले अहिले विश्व कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको माहामारीको अवस्थामा रहेको बताएका थिए । यसअघि नै विश्व स्वास्थ्य संगठनले यस भाइरसको सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रमा रहेको बताएको थियो ।
कोरोना भाइरसका कारण चीनमा मङ्गलबारसम्म ४७९ जनाको मृत्यु भइसेकेको छ । यसैगरी १६ हजार ६७८ व्यक्तिमा सङ्क्रमण भएको कारण उपचार गराइरहेका छन् । ती मध्ये २ हजार ५२० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो प्रान्तमा यस भाइरस सङ्क्रमणको कारण उपचार गराइरेहका ५२० उपचारपछि घर फर्किएका मङ्गलबार जनाइएको छ ।
सो फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले थाइल्याण्ड सरकारलाई विशेष धन्यवाद दिएका थिए । थाइ विदेशमन्त्री डोनले चीन र थाइल्याण्ड एकै परिवारका नागरिकजस्तो रहेका र कुनै पनि देशमा अप्ठेरोको समयमा यी दुवै देशलाई उत्तिकै समस्या पर्ने धारणा राखेपछि चिनियाँ विदेशमन्त्री वाङले थाइ सरकारलाई विशेष रुपमा धन्यवाद ज्ञापन गरेका थिए ।
चीनको मध्यक्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताएका थिए ।
विश्व स्वास्थ्य संगठनले चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको छ बताएको थियो ।
चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभावित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको पनि उक्त संगठनले जनाएको छ ।
चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने विश्वास थाइ विदेशमन्त्रीले व्यक्त गरेका थिए ।
चिनियाँ विदेशमन्त्री वाङले पनि विश्वका अरु कुनै देश तथा भूभागमा देखिने महामारीको दरभन्दा यस संक्रमणको फैलावट दर बढी नभएको र चीनले यसको नियन्त्रणका लागि सक्दो उपायहरु अवलम्बन गरिरहेको बताएका थिए । सिन्ह्वा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: